१९ फाल्गुन २०७७, बुधबार

हामी निर्वाचित कार्यकाल सकिन लाग्यो भनेर गैह्र जिम्मेवार बन्दैनौ : मनशोभा बुढा



कालीकोट जिल्ला नरहरिनाथ गाउँपालिकाका उपाध्यक्ष एवम् नेपाल कम्युनिस्ट पार्टीकी नेतृ मनशोभा बुढासँग गाउँपालिकाको विकास निर्माण र समग्र कामका विषयमा रारापाटी डटकमले गरेको कुराकानीः

कोरोनो कहरका बीचमा यहाँको गाउँपालिकाको विकास निर्माणका कामहरू कसरी अगि बढिरहेका छन् ?

यो कठिन र जटिल अवस्थामा यस गाउँपालिकाको भौतिक पूर्वाधार निर्माण लगायत अन्य विकास योजनाहरूको काम गर्न सामाजिक दुरी कायम गरी स–साना समुहहरू बनाएर काम अगाडि बढाइरहेका छौं । मानविय विकासको हिसावले जनचेतनामूलक कार्य र लक्षित समुदायको सामाजिक र आर्थिक शसक्तिकरणका लागि विभिन्न सिपमूलक तथा व्यवसायमुखी कार्यक्रमहरू सञ्चालन गर्ने कार्य भइरहेका छन् ।

विश्वभर महामारीका रूपमा फैलिदै गएको कोरोना भाइरस (कोभिड–१९) को जोखिमले संसारभरीकै मानिसको जीवनमा निकै फेरबदल ल्याई दिएको छ । पहिले जस्तै साधारण अवस्थामा हिँडडुल गर्न, व्यवसाय गर्न, मजदुरी गर्न, विकास निर्माणका कामकाज गर्न असहजता उत्पन्न गरेको छ । हाल कारोना महामारी फैलिने जोखिमका कारण मानिसहरू जम्मा भएर काम गर्ने अवस्था छैन । हाम्रो जस्तो ग्रामीण क्षेत्रमा जिविकोपार्जनका लागि थुप्रै काम गर्नुपर्ने वाध्यता छ । सामान्य घर खर्च चलाउन समेत मजदुरी गर्नु पर्ने अवस्था छ । यो कठिन र जटिल अवस्थामा यस गाउँपालिकाको भौतिक पूर्वाधार निर्माण लगायत अन्य विकास योजनाहरूको काम गर्न सामाजिक दुरी कायम गरी स–साना समुहहरू बनाएर काम अगाडि बढाइरहेका छौं । मानविय विकासको हिसावले जनचेतनामूलक कार्य र लक्षित समुदायको सामाजिक र आर्थिक शसक्तिकरणका लागि विभिन्न सिपमूलक तथा व्यवसायमुखी कार्यक्रमहरू सञ्चालन गर्ने कार्य भइरहेका छन् ।

यहाँको गाउँपालिकामा कोरोना महामारीको प्रभाव कस्तो रहेको छ ? यसको नियन्त्रणका लागि नगरपालिकाले के–कस्ता कामहरू गरिरहेको छ ?

मूख्यतः यो कोरोना भाइरसको जोखिम नेपालमा बढेसँगै हाम्रो गाउँपालिका पनि अछुतो रहन सकेन । अहिले यो यहाँको मात्र समस्या नभई पुरै देशकै मूल समस्या बनेको छ । नेपालका विभिन्न ठाउँ र विदेशमा रोजगारीको सिलसिलामा गएका यहाँका नागरिकहरू लकडाउनको कारणले गर्दा आफ्नो गाउँघर फर्किने क्रम बढ्दो छ । शिक्षा क्षेत्रमा बढी प्रभाव परेर पठनपाठन कार्य पूर्ण रूपमा बन्द भएको छ । २०७६ लाख चैत्र महिनादेखि हालसम्म रोजगारीको सिलसिलामा विदेशिएका करिव १ हजार जना स्थानीय बासिन्दा गाउँपालिका आइ पुगेका छन् । यसको पूर्ण रूपमा गाउँपालिकाले व्यवस्थापन गरिरहेको छ ।

पहिलो चरणमा नेपाल भित्रका विभिन्न जिल्लाबाट आएका गाउँपालिकाका नागरिकलाई प्रत्येक वडामा विद्यालयमा क्वारेन्टाइनको स्थापना गरी नेपाल सरकारको नियमानुसार १४ दिन क्वारेन्टाइन बसाएर पिसिआर रिपोर्ट नेगेटिभ भएपछि घर फर्काउनको काम गरिएको छ । प्रत्येक वडामा स्वयम्सेवक परिचालन गरी कोरोनाको जोखम न्यनिकरणसम्बन्धी प्रचार प्रसार गर्ने कार्य भएका छन् । गाउँपालिकामा जम्मा ४ हजार ३ सय ९२ घरधुरीहरूलाई सरसफाइका सामग्रीहरू मास्क, सेनिटाइजर र सावुन वितरण गर्ने कार्य भएको छ । लकडाउनको बेला मजदुरी गरी जिविका चलाउने चलाउने परिवारका लागि गाउँपालिका र संघ संस्थाको सहयोगबाट खाद्यान्न तथा राहत वितरण गरिएको छ । अन्तरपालिका र जिल्लाहरूमा नाकाबन्द तथा आवतजावत गर्नमा रोक लगाइएको थियो ।

दोस्रो चरणमा विशेष गरी रोजगारीको सिलसिलामा विदेशमा गएका व्यक्तिहरू घर फर्किने क्रम बढ्दै गएको हुँदा कोरोना भाइरस सङ्क्रमण बढ्ने सम्भावनालाई मध्येनजर गर्दै यस गाउँपालिकाले कालीकोट जिल्लाको सदरमुकाम मान्म स्थित चन्द्रसूर्य र सनलाइट होटल क्यारेन्टाइनको रूपमा भाडामा लिएको र गाउँपालिकाको आफ्नै लगानीमा खुलाखुला क्वारेन्टाइनको स्थापना गरी बाहिरबाट आएका व्यक्तिहरूलाई क्वारेन्टाइन राख्ने व्यवस्था भएको छ । त्यसमा स्वास्थ्यकर्मी, स्वयम्सेवक सुरक्षाको लागि खटाइएको छ । क्वारेन्टाइनमा बसेका व्यक्तिहरूको स्वाव सङ्कलन गरी पिसिआर परिक्षणका लागि सम्बन्धित ठाउँसम्म पुर्याउने कार्य समेत भइरहेको छ । स्वास्थ्य संस्थाहरूमा आवश्यक औषधीलगायत स्वास्थ्य सामग्री र उपकरणहरूको व्यवस्थापन कार्य भएको छ । साथै हाल प्राथमिक स्वास्थ्य केन्द्र कुमाल गाउँमा ५० शैयाको आइसोलेशन बेडको स्थापना गरी कोरोना सङ्क्रमित भएका ११ जना व्यक्तिहरूको उपचार भइरहेको छ । सोको सम्पूर्ण व्यवस्थापन गाउँपालिकाले गरिरहेको छ ।

तपाईँको गाउँपालिकामा बाढिपहिरोका कारण ठुलो धनजनको क्षति व्यहोर्नु पर्यो । मृतक तथा पिडितका लागि गाउँपालिका के–कस्ता काम गर्यो ?

बाढि पहिरोमा परि २० जनाले ज्यान गुमाउनु भएको छ । ५८ वटा घर पूर्ण रूपमा क्षति भएका छन् । गाउँपालिका अन्तर्गतका वडा र टोलहरू भाटगाउँ, पाङ्ग्र, काफ्ला, काटिया, खातिरुप्सा, गोठी लुमा, भैसाखाल लगायतका ठाउँहरू उच्च जोखिममा रहेका छन् । जसमा ४६८ घर नै वस्ती स्थानान्तरण गर्नुपर्ने अवस्था छ । कयौं खानेपानी र सिंचाइका संरचनामा क्षति भएका छन् । ५ वटा विद्यालयहरू पूर्ण रूपमा ध्वस्त भएका छन् । बाढी पहिरोले पूर्ण रूपमा क्षति भएका घर पुर्ननिर्माण र प्रभावित बस्ती स्थानान्तरणका लागि संघीय सरकार, प्रदेश सरकारसँग विशेष पहल गरिरहेका छौं ।

विशेषतः २०७७ असार, साउन र भदौ महिनामा परेको अविरल वर्षाका कारण यस गाउँपालिकामा थुप्रै क्षति भएको छ । बाढि पहिरोमा परि २० जनाले ज्यान गुमाउनु भएको छ । ५८ वटा घर पूर्ण रूपमा क्षति भएका छन् । गाउँपालिका अन्तर्गतका वडा र टोलहरू भाटगाउँ, पाङ्ग्र, काफ्ला, काटिया, खातिरुप्सा, गोठी लुमा, भैसाखाल लगायतका ठाउँहरू उच्च जोखिममा रहेका छन् । जसमा ४६८ घर नै वस्ती स्थानान्तरण गर्नुपर्ने अवस्था छ । कयौं खानेपानी र सिंचाइका संरचनामा क्षति भएका छन् । ५ वटा विद्यालयहरू पूर्ण रूपमा ध्वस्त भएका छन् । पहिलो चरणमा हामीले पहिरो पिडितलाई आवश्यक खाद्यान्न, लुगा, भाँडाकुडा, त्रिपाल जस्ता सामाग्री राहत वितरण गरेका छौं । मृतक परिवारमा नगद राहत वितरण गरेका छौं । मृतक परिवारमा भेटघाट र सान्त्वना दिने काम भएको छ । बाढी पहिरोले पूर्ण रूपमा क्षति भएका घर पुर्ननिर्माण र प्रभावित बस्ती स्थानान्तरणका लागि संघीय सरकार, प्रदेश सरकारसँग विशेष पहल गरिरहेका छौं ।

तपाईंंले निर्वाचनताका घोषणापत्र अनुसार जनतासँग गरेका बाचा प्रतिबद्धतालाई अहिलेसम्म के कति पुरा गर्न सक्नु भयो ? तीमध्ये महत्वपूर्ण कामहरू बताई दिनुहोस् न ?

म निर्वाचनको घोषणा पत्र अनुसार जनतासँग गरेका बाचा प्रतिवद्धतालाई पुरा गर्ने क्रममा निरन्तर रूपमा लागिरहेको छु र ती प्रतिवद्धता पुरा गर्दै पनि गइरहेको छु । निर्वाचनको समयमा मैले जाहेर गरेको पहिलो प्रतिवद्धता सडकको सञ्जालमा नजोडिएको गाउँपालिकामा सडक निर्माण गर्नु प्रत्येक नागरिकका घर घरमा खानेपानी पुर्याउनु, शिक्षामा सुधार गर्नु, विद्यार्थीलाई पठनपाठन सहज गर्न भवन र फिल्ड निर्माण गर्नु विद्युतको पहुँच पुर्याउनु लगायत जनताका आधारभूत आवश्यकता र मागलाई सम्वोधन गरी योजना बनाउनु थिए ।

पहिलो महत्वपूर्ण काम लालिघाटदेखि गाउँपालिकासम्म सडक निर्माण कार्य सम्पन्न भई गाडी सञ्चालन भएका छन् । लालु, खुलालु हुँदै चुनासम्मको सडकमा कडा चट्टानको बीचमा निर्माणको कार्य तिव्र रूपमा अगाडि बढिरहेको छ । उज्यालो गाउँपालिका घोषणाको लागि गाउँपालिका र बैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको अनुदानमा प्रत्येक घरधुरीलाई ५०/५५ वटा सोलार सिस्टम जडान गर्ने कार्य भएको छ । गाउँपालिका र दुर्गम विकास समितिको साझेदारीमा ३० किलोवाटको उच्छव खोला जलविद्युत आयोजना सम्पन्न भइसकेको छ । ३६५ किलोवाट धाचुखोला जलविद्युत आयोजना निर्माण कार्य अगि बढिरहेको छ । गाउँपालिकामा अधिकतम घरधुरीमा गाउँपालिका र हेल्भेटासको साझदारीमा एक घर एक खानेपानी धारा योजना सम्पन्न गरिरहेका छौं ।

यी मध्ये पहिलो महत्वपूर्ण काम लालिघाटदेखि गाउँपालिकासम्म सडक निर्माण कार्य सम्पन्न भई गाडी सञ्चालन भएका छन् । जनताको दैनिक उपभोग्य वस्तु लगायतका सामानहरू ढुवानीमा सहजता भएको छ । लालु, खुलालु हुँदै चुनासम्मको सडकमा कडा चट्टानको बीचमा निर्माणको कार्य तिव्र रूपमा अगाडि बढिरहेको छ । उज्यालो गाउँपालिका घोषणाको लागि गाउँपालिका र बैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको अनुदानमा प्रत्येक घरधुरीलाई ५०÷५५ वटा सोलार सिस्टम जडान गर्ने कार्य भएको छ । गाउँपालिका र दुर्गम विकास समितिको साझेदारीमा ३० किलोवाटको उच्छव खोला जलविद्युत आयोजना सम्पन्न भइसकेको छ । ३६५ किलोवाट धाचुखोला जलविद्युत आयोजना निर्माण कार्य अगि बढिरहेको छ । गाउँपालिकामा अधिकतम घरधुरीमा गाउँपालिका र हेल्भेटासको साझदारीमा एक घर एक खानेपानी धारा योजना सम्पन्न गरिरहेका छौं । शिक्षा क्षेत्रमा विगतमा शिक्षक विद्यार्थीको अनियमिततामा व्यापक सुधार आएको छ । विद्यालयमा पठनपाठन, बस्ने ठाउँको व्यवस्थापनमा सुधार गरिरहेका छौं । प्रत्येक वडामा आधारभूत र सामुदायिक स्वास्थ्य संस्थाहरूको स्थापना गरी स्वास्थ्य सेवा प्रवाह भइरहेको छ । समाजमा पछाडि पेरका महिला, दलित, फरक क्षमता भएको व्यक्तिको आर्थिक सशक्तिकरणका लागि विभिन्न व्यवसायिक र सिपमुलक कार्यक्रमहरू समेत सञ्चालन गरिरहेका छौं ।

यहाँको गाउँपालिकाका मुख्य समस्या र चुनौतीहरू के–के हुन् ?

यहाँको भौगोलिक विकटता नै विकासको मुख्य समस्या र चुनौतीका रूपमा खडा भएको छ । जसका कारण भौतिक विकासको काम लगानी अनुसारको छिटो, छरितो र प्रभावकारी रूपमा अगि बढ्न सकेको छैन । साथै यस पालिकामा बाढी पहिरोका कारणले भत्किएका व्यक्तिगत तथा सामाजिक संरचनाहरू पुनःनिर्माण कार्य व्यवस्थापनका लागि गाउँपालिकाको सिमित आर्थिक स्रोत साधनले धान्न नसक्ने अवस्था सिर्जना भएको छ । गाउँमा भौतिक विकास तथा उत्पादनमूलक क्षेत्रमा बढी लगानी गर्न नसकिएकाले गरिबी, बेरोजगारी जस्ता मानविय विकासमा समेत चुनौती देखा परेका छन् । हाल कोरोना रोकथाम र नियन्त्रण पनि चुनौतीका रूपमा देखा परेको छ ।

तपाईंको गाउँपालिकामा महिलाहरूका मुद्दामा के–कस्ता कामहरू भइरहेका छन् ? गाउँपालिका महिलाको अवस्था कस्तो रहेको छ ?

पहिलो गाउँसभाबाट हरेक निकायमा समानुपातिक र समावेशी महिला सहभागितामा विशेष जोड दिने सामाजिक विकास निर्माणका कार्यहरूमा एउटै प्रकृतिको काममा समान ज्यालादर कायम गर्ने कार्यमा नीतिगत निर्णय पास गरेका छौं । सोको कार्यान्वयन गर्दै गइरहेका छौं । सामाजिक विकृति, विसंगती, बालविवाह, बहु–विवाह, छाउपडि प्रथा जस्ता विकृति विसंगती विरुद्ध जनचेतनामूलक काम गरिरहेका छौं । महिलाहरूलाई आर्थिक हिसाबले सशक्तिकरण गर्न र आत्मनिर्भर बनाउन विभिन्न किसिमका हातेहोजियारी, सिलाइकटाई, तरकारी खेती जस्ता व्यवसायिक तालिमहरू सञ्चालन गरेका छौं ।

२०७४ को स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेपछि गाउँपालिकाको पहिलो गाउँसभाबाट हरेक निकायमा समानुपातिक र समावेशी महिला सहभागितामा विशेष जोड दिने सामाजिक विकास निर्माणका कार्यहरूमा एउटै प्रकृतिको काममा समान ज्यालादर कायम गर्ने कार्यमा नीतिगत निर्णय पास गरेका छौं । सोको कार्यान्वयन गर्दै गइरहेका छौं । सामाजिक विकृति, विसंगती, बालविवाह, बहु–विवाह, छाउपडि प्रथा जस्ता विकृति विसंगती विरुद्ध जनचेतनामूलक काम गरिरहेका छौं । महिलाहरूलाई आर्थिक हिसाबले सशक्तिकरण गर्न र आत्मनिर्भर बनाउन विभिन्न किसिमका हातेहोजियारी, सिलाइकटाई, तरकारी खेती जस्ता व्यवसायिक तालिमहरू सञ्चालन गरेका छौं । गाउँपालिकामा महिलाको अवस्थालाई हेर्दा विगतको तुलनामा राजनैतिक क्षेत्रमा राम्रो सहभागिता रहेको छ । भौतिक र सामाजिक विकास निर्माणका कार्यहरूमा महिलाहरूको सक्रिय सहभागिता रहेको छ । आर्थिक हिसाबले हेर्दा पूर्ण रूपमा आत्मनिर्भर हुन नसकेको अवस्था छ ।

स्थानीय तहको कार्यकाल सकिन करिब डेढ वर्ष मात्र बाँकी छ, यस बीचमा काम गर्ने कार्ययोजना कसरी बनाउनु भएको छ ?

स्थानीय तहको निर्वाचनमा निर्वाचित भए पश्चात् हामी निरन्तर रूपमा सामाजिक सेवा र विकास निर्माणका कार्यमा निरन्तर रूपमा लागी नै रहेका छौं । हामी निर्वाचित कार्यकाल सकिन लाग्यो भनेर गैह्र जिम्मेवार बन्दैनौ र बनेका पनि छैनौ । किनकी एउटा राजनीतिक सिपाहीले पदमा रहँदा वा नरहँदा पनि आफ्नो भूमिका निर्वाह गर्नु पर्दछ । यो राजनीतिककर्मीको लागि सामाजिक दायित्व पनि हुने गर्दछ । तसर्थ कार्यकाल सकिन थोरै समय रहे तापनि हामीले यस गाउँपालिकाको लागि धेरै काम गर्न (विद्युत, सडक, खानेपानी, शिक्षा र स्वास्थ्य) लगायत अन्य समग्र क्षेत्रका योजनाहरूलाई निरन्तर र तिव्र रूपमा अगाडि बढाउने कार्ययोजना तय गरेका छौं ।

तपाईँले आफ्नो अधिकार क्षेत्रका सम्पूर्ण कामहरू सहज ढङ्गले गरिरहनु भएको छ त ?

संविधानमा व्यवस्था भए अनुसार पदाधिकारी र कर्मचारीहरूका आ–आफ्ना काम कर्तव्य र अधिकारहरू छन् । सोही संविधानमा उल्लेख भए अनुसारका काम अगाडि बढाउने सन्दर्भमा विशेष गरी न्यायिक समितिको संयोजक भई न्यायिक क्षेत्रका काम, गाउँपालिका भित्र सञ्चालित योजनाहरूको अनुगमन, निरिक्षण, मूल्याङ्कन तथा विभिन्न संघ संस्थाहरूसँग समन्वय, सहकार्य गर्ने लगायत संविधानमा व्यवस्था भए अनुसारका र अधिकार क्षेत्र भित्रका सम्पूर्ण कामहरूलाई निरन्तर रूपमा गरिरहेको छु ।

नरहरिनाथ गाउँपालिकामा सत्तापक्ष र विपक्षी पार्टीका बीचको सम्बन्ध कस्तो रहको छ ?

यस नरहरिनाथ गाउँपालिकामा सत्ता पक्ष र विपक्षीको कुरा गर्दा स्थानीय तहको निर्वाचनमा ७ वटा वडा हालको नेपाल कम्युनिस्ट पाटीले विजय हासिल गरेको थियो र २ वटा वडामा मात्र नेपाली काँग्रेस विजयी भएको थियो । गाउँसभा र कार्यपालिकालाई हेर्ने हो भने नेकपाको बहुमतको सरकार छ । यस गाउँपालिकामा प्रतिपक्ष त छ तैपनि यहाँको सरकारलाई हेर्ने हो भने प्रतिपक्ष नभएको जस्तो महशुस भएको छ । किनकी हालसम्म गाउँसभादेखि कार्यपालिकाको बैठकमा हरेक एजेण्डा माथि छलफल तथा बहस गर्दा सौहार्दपूर्ण तथा एकमतका साथ निर्णयहरू भएका छन् । सत्ता पक्षभन्दा बाहिर रहेका राजनीतिक दलहरूसँग समन्वय र सहकार्य राम्रो रहेको छ । यहाँको विकास निर्माणदेखि लिएर अन्य महत्वपूर्ण कार्य गर्नु पर्दा प्रतिपक्ष दलसँग सल्लाह, सुझाव र समन्वय गरी अगाडि बढिरहेका छौं । हामीले बहुमत भनेर कहिल्यै पनि अल्पमतमा रहेका पदाधिकारी तथा जनप्रतिनिधिहरूलाई उपेक्षा गरेका छैनौं । अपवादमा प्रतिपक्षमा रहेका राजनीतिक दलका केही तल्ला स्तरका कार्यकर्ताहरूले राजनीतिक पूर्वाग्राही सोच राखेको देखिन्छ । राजनीतिक प्रशोधन हालसम्म सरकारले गरेका काम र रहेका सिमा समस्यालाई सुधार गर्न रचनात्मक सुझाव सल्लाह दिनुको सट्टा सधै नकारात्मक कुराको खोजी गरेर मिडियाबाजी गर्ने गलत नियत भएका व्यक्तिहरू रहेका छन् । त्यस्ता व्यक्तिहरूलाई सकारात्मक तरिकाले सरकारले गरेका राम्रा र नराम्रा कामहरूप्रति रचनात्मक सुझाव सल्लाह दिन अनुरोध गर्दछु ।

अन्तिम थप केहि भन्न चाहनुहुन्छ कि ?

नरहरिनाथ गाउँपालिका केही भौगोलिक विकटता भए तापनि प्राकृतिक सम्पदाले भरिपूर्ण छ । हामी यहाँको विकासको लागि निरन्तर लागिरहेका छौं । विकास दिगो होस्, समृद्धि छिटो होस् भन्ने मेरो सपना हो । यो नरहरिनाथ गाउँपालिकावासी सबै आमाबुवा, दाजुभाइ, दिदीबहिनीहरूको साझा सपना हो । यो सपनालाई साकार पार्नका लागि म अहोरात्र खटिरहेको छु । अझै खटिरहने प्रतिवद्धता व्यक्त गर्दछु । स्थानीय सरकारको सिमा समस्या भएमा रचनात्मक सुझाव सहित हाम्रो गाउँ समाजको विकासका लागि सहयोगको अपेक्षा गर्दछु र अनलाइन मार्फत् मेरो विचार प्रस्तुत गर्ने अवसर प्रदान गरेकोमा यस नरहरिनाथ गाउँपालिका र मेरो व्यक्तिगत तर्फबाट रारापाटी डटकमलाई धेरै धन्यवाद दिन चाहन्छु ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु