२० श्रावण २०७८, बुधबार

उदयपुरको ताप्ली गाउँपालिका कार्यालयमा बम बिस्फोट



७ मंसिर, काठमाडौं । उदयपुरको ताप्ली गाउँपालिका कार्यालयको बरन्डामा रहेको सहायता कक्षमा बम बिस्फोट भएको छ ।

गए राति कार्यालयको बम बिस्फोट भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरिक्षक भीम दाहालले बताएका छन् ।

प्रहरी उपरिक्षक दाहालका अनुसार घटनाको कसैले जिम्मेवारी लिएको छैन । उनले भने, ‘बिस्फोटनबाट टेबल, कुर्सीमा क्षति पुगेको छ । कसले, किन बिस्फोट गराएको भन्ने खुलेको छैन ।’

सुतली बम बिस्फोट गराइएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु