१३ मंसिर २०७७, शनिबार

आफू विरुद्ध सुनियोजित नाराबाजी: सुरेन्द्र पाण्डे



६ मंसिर, चितवन । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य एवम् पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले आफूविरुद्ध सुनियोजित रूपमा नाराबाजी गरिएको बताएका छन्।

शनिबार अपराह्न नेकपाको राप्ती नगर कमिटीको भेलालाई सम्बोधन गर्दै गर्दा पाण्डेविरूद्ध नाराबाजी गरिएको थियो। नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थन र नेता सुरेन्द्र पाण्डेको विरुद्ध ओली समर्थक कार्यकर्ताहरूले नाराबाजी गरेको जानकारी प्राप्त भएको छ।

नेता पाण्डेका भने, ‘गैह्र राजनीतिक तथा गलत तरिकाको विरोध र अवरोधलाई राजनीतिक रुपमै खण्डन गर्छौं र इतिहासमा यस्ता गैरराजनीतिक चरित्र समाप्त भएको देखेको छु ।’

राप्ती नगर कमिटीको बैठकका लागि पूर्वअर्थमन्त्री पाण्डेलगायत जिल्लामा प्रदेश र केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने नेताहरू, जिल्ला समितिका नेता, नगर प्रमुखहरूको समेत उपस्थिती थियो।

‘नगर कमिटीका अध्यक्ष इमानसिंह लामाका अनुसार ८१ सदस्यीय कमिटी र उपल्लो समितिका व्यक्तिहरूलाई निमन्त्रणा थियो, हामीले बोलाउँदै नबोलाएका व्यक्तिहरू पनि बैठकमा छिरे। नियोजित रुपमै बैठकमा पसेर बिथोल्ने प्रयास गरे पनि बैठक भने सबै विषय टुंग्याएर सम्पन्न भएको बताए।

नेता सुरेन्द्र पाण्डेका अनुसार नाराबाजी गर्ने समूहमा बागमती प्रदेशका मुख्यमन्त्रीका सल्लाहकार रहेका नेकपा एमालेको चितवनका पूर्वअध्यक्ष जगन्नाथ थपलियाका छोरा सुरजको नेतृत्व थियो।
‘सुरजसँगै, प्रकाश कालाखेती र केदार आचार्य पनि थिए । सुरज ३ नम्बर प्रदेशका कृषि मन्त्री दावा लामाका ज्वाइँ र स्वकीय सचिव पनि हुन्।

‘पार्टीको विवाद समस्या समाधान कार्यदलले दिएको रायको विषयमा म कुरा राख्दै थिएँ,’ पाण्डेले भने, ‘फाउन्डेसन नेताका नाममा भएर झगडा भए, त्यसैले खारेज गर्ने निर्णय पार्टीको सर्वसम्मतिले भयो भन्दै थिएँ, एक्कासि अर्को पक्षका आएर होहल्ला गर्न थाले।’

बैठक कक्षभित्र पसेर उनीहरूले मदन भण्डारी फाउन्डेसन जिन्दावाद, केपी ओली जिन्दावाद, पार्टी एकता जिन्दावाद भन्ने नारा लगाए, पाण्डेले भने, ‘अराजक किसिमबाट मानिसहरू प्रस्तुत भएपछि बोल्दै गर्दा कार्यक्रम छोडेर हिँड्नुपर्ने वातावरण बन्यो।’


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु