१२ जेष्ठ २०८०, शुक्रबार

नारीको सम्मानमा स्वरूपराजले गाए मनछुने गीत ‘नारी’



६ मंसिर, काठमाडौं । चर्चित गायक तथा संगितकार स्वरूपराज आचार्यको मनछुने गायकीमा ‘नारी’ गीत सार्वजनिक भएको छ । शनिबार सत्य–स्वरूप इन्टरटेन्मेन्टबाट गीतको लिरिकल भिडियो सार्वजनिक गरिएको हो ।

रारापाटीसँग कुरा गर्दै गायक स्वरूपराजले विशाल हृदयकी नारीको सम्मानका लागि गीत ‘नारी’ तयार पारिएको बताए । उनले भने, आमा, दिदीबहिनी, श्रीमती, भाउजू, काकी, माइजु आदी विभिन्न नारीका सम्मानित रूपहरू हुन् । तिनै सम्पूर्ण रूपहरूको प्रतिनिधित्व गर्ने गीत ‘नारी’ को विषबस्तुले मलाई शुरूमै छोएको थियो ।’

‘नारी’ गीत चम्पा बस्नेतले लेखेकी हुन् । सत्य–स्वरूपको संगीत, सञ्जिव बराइलीको संगित संयोजन रहेको यो गीतको ध्वनी सम्पादन कुमार केसीले गरेका हुन् ।

सत्य–स्वरूपको संगीत र स्वरूपराजको गायकीले नारीको सम्मानमा कोरिएका शब्दहरूले जीवन पाएका छन् । वास्तवमा सच्चा कलाकारले खालि माया प्रितिका गीतहरू मात्र हाईन समाज बोकेका यस्ता सिर्जनाहरू पनि बजारमा ल्याउन सक्नुपर्छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको