१७ आश्विन २०८०, बुधबार

युवा पत्रकार खेम बमलाई ‘विशिष्ठ व्यक्ति सम्मान’



६ मंसिर, काठमाडौं । सुदुरपश्चिमको विकट जिल्ला डोटीबाट काठमाडौंमा आएर मुलधारको पत्रकारितामा सक्रिय खेमबहादुर बम सम्मानित भएका छन् । सतुंगल डोजोले शुक्रबार आयोजना गरेको ‘विशिष्ठ व्यक्ति सम्मान’ कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टद्वारा उनी सम्मानित भएका हुन् ।

जनता टेलिभिजनका जिल्ला संयोजक एवम् कार्यक्रम प्रस्तोता बम पत्रकारितामार्फत राजनीतिक घटनाक्रम, समाजका विकृति, विसङ्गतिहरूप्रति खरो रूपमा प्रस्तुत हुँदै आएका छन् ।

कार्यक्रममा डोजोले विभिन्न क्षेत्रमा क्रियाशील व्यक्तिहरूलाई सम्मान गरेको छ । खेलकुद क्षेत्रबाट तेक्वान्दो खेलाडी दीपक विष्ट र आयुशा शाक्य सम्मानित भएका छन् । डोजोले शिक्षा, स्वास्थ्य, सुरक्षा, कलाकारिता लगायत विभिन्न क्षेत्रका विशिष्ठ व्यक्तिहरूलाई सम्मान गरेको छ ।

सतुंगल डोजोका मुख्य प्रशिक्षक सागर शाहीले खेलाडीको हितका लागि राज्य अभिभावक बन्न सक्नुपर्ने बताउँदै विशिष्ट व्यक्तिहरुलाई सम्मान गर्न पाउँदा खुशी लागेको बताए ।

डोजोले समाजका विभिन्न क्षेत्रमा क्रियाशील रहेर विशिष्ठ पहिचान बनाएका व्यक्तिहरुलाई विगत वर्षहरूेखि नै सम्मान गर्दै आएको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको