२१ जेष्ठ २०८०, आईतवार

काठमाडौं उपत्यकामा १ हजार १०७ कोरोना सङ्क्रमित थपीए



५ मंसिर, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार १०७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमित मध्ये ४८४ महिला र ६२३ पुरुष रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको पछिल्लो तथ्याङ्कअनुसार अहिलेसम्ममा काठमाडौंमा १ हजार ६८१, ललितपुरमा २ हजार २२८ र भक्तपुरमा ७८३ जना सक्रिय सङ्क्रमित रहेका छन् । हालसम्ममा काठमाडौं उपत्यकाकै सबैभन्दा बढी काठमाडौंमा ३१६, भक्तपुरमा ८३ र ललितपुरमा ८९ जनाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन् ।

हाल देशका १२ जिल्लामा ५०० भन्दाबढी सङ्क्रमित उपचाररत छन् भने एक मात्र जिल्ला मनाङ सङ्क्रमणमुक्त छ ।

(रासस)


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको