‘मालिङ्गो’मा सँगै नाचे महानायक हमाल र प्रचण्डकी नातिनी स्मिता (भिडियोसहित)
५ मंसिर, काठमाडौं । प्रचण्डकी नातिनी स्मिता दाहाल र राजनराज सिवाकोटीको स्वरमा रहेको युगल गीत ‘मालिङ्गो’ सार्वजनिक भएको छ । बिहिबार गज्जव टिभि युट्युव च्यानलबाट गीतको भिडियो सार्वजनिक गरिएको हो ।
बेला बखतमा म्युजिक भिडियोमा देखापर्ने गरेका महानायक राजेश हमालले केहि समय अघि ‘मञ्जरी’ गीतमा अभिनय गरेका थिए । लगत्तै उनले नेकपाका अध्यक्ष प्रचण्डकी नातिनी स्मितासँग ‘मालिङ्गो’मा अभिनय गरेका छन् ।
‘मालिङ्गो’ सार्वजनिक भएको २२ घण्टामै ३ लाख ३१ हजार भन्दा धेरै दर्शकले हरिसकेका छन् । गीत अहिले युट्युब ट्रेन्डिङ्ग १५ औँ नम्बरमा छ ।
गीतको शब्द सुनिता नेपाल सुबेदीले लखेकी हुन् । राजनराज सिवाकोटीको संगित र उदयराज पौडेलको संगित संयोजन रहेको गीतको ध्वनी सम्पादन श्यामश्वेत रसाइलीले गरेका हुन् ।
नवराज उप्रेतिको छायाँकन र भुपेन्द्र अधिकारीको सम्पादन रहेको गीतको भिडियो निर्देशन गायक एबम् सञ्चारकर्मी सरोज ओलीले गरेका हुन् ।
भिडियो हेर्नुहोस् :