२० जेष्ठ २०८०, शनिबार

सुर्खेतको बच्छीमा आगलागी : घर जलेर नष्ट, लाखौंको क्षेती



लिलाजङ्ग शाही

४ मंसिर, सुर्खेत । सुर्खेतको पञ्चपुरी नगरपालिका वडा नम्बर १० बच्छीको १ घरमा बिहान करिब साढे दश बजे आगलागी भएको छ । लालशोभा कामी र रवि तिरुवा कामीको घरमा आगलागी भएको पञ्चपुरी नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष हरिप्रसाद ढकालले जानकारी दिए ।

आगलागी हुँदा नगद धनमालसहित खाद्यान्न समेत जलेर नष्ट भएको बताइएको छ । पिडित परिवारका सदस्यले वडाध्यक्ष हरिप्रसाद ढकाललाई जानकारी दिएअनुसार आगलागीबाट सुन ४ आना १० लाल, १ लाख १० हजार नगद, १० तोला चाँदी बाला, २ बोरा मकै, १ बोरा गहुँ, ३ बोरा चामल, २ क्विन्टल पिँडालु र ३ लाख बराबरको घर क्षति भएको छ ।

पिडित परिवारले पञ्चपुरी नगरपालिका र अन्य सरोकारवाला निकायसँग राहतको लागि अनुरोध गरेका छन् । दशैँको समयमा घरबाट लडेर सोही घरकी पवित्रा कामीका दुईवटा हातहरू भाचिएका र अहिले उनी उपचारको क्रममा रहेको जानकारी समेत प्राप्त भएको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको