६ आश्विन २०८०, शनिबार

नाथममा आमुल परिवर्तन ल्याउँदै कार्यकारी निर्देशक दिपक थापा



४ मंसिर, काठमाडौँ । सुधार सानो सानो कुराबाट हुँदै जानु राम्रो मानिन्छ । ठुला–ठुला आदर्शका कुरा गर्ने, उधारो सपना देखाउने तर कार्यान्वयनमा शुन्य प्रगति हासिल हुने हाम्रो पहिचान जस्तै भएको छ । तर संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (NATHM) मा अहिले सुधारका धेरै सङ्केतहरू देखिएका छन् । कोरोना महामारीका कारण लामो समयको लकडाउन र निषेधाज्ञाका वावजुत प्रतिष्ठानमा देखिने गरी परिवर्तनको थालनी भएको छ । स्वस्थ खाने कुरा, सुन्दर र हरियाली वातावरण, सरसफाई र सौन्दर्यीकरणको ठुलो महत्व रहने होटल तथा पर्यटन क्षेत्रको अध्यापन हुने कलेज सोही मापदण्ड अनुरुपको बन्ने क्रममा क्रियाशिल रहेको छ ।

पहिला प्रतिष्ठानमा गएको मानिस अहिले त्यहाँ जाँदा आफू कुनै पाँच तारे होटलमा छिरिरहेको छु कि भन्ने महशुस हुन्छ । यदि नेतृत्वमा स्पष्ट दृष्टिकोण भई सबैलाई योगदानका आधारमा श्रेय दिने ढङ्गले सामुहिक भावनाका साथ काम गर्ने हो भने छोटो अवधीमा पनि धेरै काम गर्न सकिन्छ भन्ने कुरा प्रतिष्ठानका कार्यकारी निर्देशक दिपक थापाबाट सिक्न सकिन्छ ।

गत वर्ष फागुनमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उप-सचिव दिपक थापा प्रतिष्ठानको कार्यकारी निर्देशकको रूपमा नियुक्ति भएर आए । उनले पर्यटन तथा आतिथ्य सत्कारसम्बन्धी पढाई हुने प्रतिष्ठानमा कलेजको पढाई रोकिएको समयमा फुर्सदमा रहेका शिक्षक तथा कर्मचारीहरूलाई परिचालन गर्दै प्रतिष्ठान हाताभित्र विभिन्न सुधारका पहलकदमी लिए । थापाले पुर्वाधार निर्माण, मर्मत सम्भार, सरसफाई, सौन्दर्यीकरण, शैक्षिक गुणस्तर अभिवृद्धि, सूचना प्रविधिको प्रयोग एवम् स्तरोन्नति लगायतका कार्यहरू अगाडि बढाएका छन् । त्यसैगरी जनशक्ति विकास, क्षमता अभिवृद्धि, सुशासन प्रवद्र्धन, अनुसन्धान कार्यका लागि ठोस योजना समेत तय गरी अगि बढाइएको छ । पहिला प्रतिष्ठानमा गएको मानिस अहिले त्यहाँ जाँदा आफू कुनै पाँच तारे होटलमा छिरिरहेको छु कि भन्ने महशुस हुन्छ । यदि नेतृत्वमा स्पष्ट दृष्टिकोण भई सबैलाई योगदानका आधारमा श्रेय दिने ढङ्गले सामुहिक भावनाका साथ काम गर्ने हो भने छोटो अवधीमा पनि धेरै काम गर्न सकिन्छ भन्ने कुरा प्रतिष्ठानका कार्यकारी निर्देशक दिपक थापाबाट सिक्न सकिन्छ ।

छोटो अवधीमा भएका महत्वपूर्ण सुधारहरू

दिपक थापा प्रतिष्ठानको कार्यकारी निर्देशक भएर जिम्मेवारी सम्हालेको ८ महिना पुरा भयो । उनी नियुक्त भएर गएको केही समयदेखि नै विश्वव्यापी कोरोना महामारीका कारण लामो समय लकडाउन र निषेधाज्ञाको सामना गर्नु पर्यो । सहज अवस्थामा पनि धेरैजसो सरकारी कर्मचारीहरू तदारुकताका साथ काम गर्ने प्रवृत्ति देखिँदैन तर थापाले इच्छाशक्ति हुने हो भने जस्तोसुकै प्रतिकुल अवस्थामा पनि काम गरेर देखाउन सकिन्छ भन्ने कुरा प्रमाणित गरेर देखाएका छन् ।

दिपक थापा प्रतिष्ठानको कार्यकारी निर्देशक भएर जिम्मेवारी सम्हालेको ८ महिना पुरा भयो । उनी नियुक्त भएर गएको केही समयदेखि नै विश्वव्यापी कोरोना महामारीका कारण लामो समय लकडाउन र निषेधाज्ञाको सामना गर्नु पर्यो । सहज अवस्थामा पनि धेरैजसो सरकारी कर्मचारीहरू तदारुकताका साथ काम गर्ने प्रवृत्ति देखिँदैन तर थापाले इच्छाशक्ति हुने हो भने जस्तोसुकै प्रतिकुल अवस्थामा पनि काम गरेर देखाउन सकिन्छ भन्ने कुरा प्रमाणित गरेर देखाएका छन् ।

यस अवधीमा उनको नेतृत्वमा प्रतिष्ठानको अग्रभागमा आरसीसी ढलान, स्टोन प्याभिङ कार्य सम्पन्न भएको छ । कलात्मक वत्ति सहितको वाटर फाउण्टेन राख्ने कार्य सम्पन्न भएको छ । रवी शमशेरद्वारा निर्मित मूल प्रशासनिक भवन रहेको दरवार अगाडि परम्परागत स्वरूपको ढुङ्गे धाराले प्रतिष्ठानको सौन्दर्यता झल्काएको छ । मोडल होटल अगाडिको आई–ल्याण्ड व्यवस्थित गरिएको छ । बगैंचाहरू व्यवस्थित गरिएको छ । रङ्गीचङ्गी मौसमी फुलहरू रोपिएका छन् । यत्रतत्र छरिएर रहेका पुराना गमलाहरू रङरोगन गरी फुलवारी व्यवस्थापन गरिएको छ ।

त्यस्तै विद्यार्थीहरूले पार्किङ गरिने क्षेत्रलाई व्यवस्थित गरी आकर्षक झरना सहितको सुन्दर पोखरी निर्माण गर्नुका साथै प्रशासनिक भवन भित्रको बगैंचाको स्तरोन्नती गरी वाटर फाउण्टेन निर्माण गरिएको छ । कर्मचारी र विद्यार्थीका लागि व्यवस्थित पार्किङ स्थल छुट्टाछुट्टै ठाउँमा बनाइएको छ । बेलुका हुने कक्षालाई मध्यनजर गरी पोल लाइट, फोकस लाइट र गार्डेन लाइट लगायतको उचित व्यवस्थापन गरिएको छ ।

प्रतिष्ठानका विभिन्न स्थानमा लामो समयदेखि थुप्रिएको करिव ३४ र ३५ टिप्पर ढुङ्गा माटोको फोहोर हटाइएको छ । Clean NATHM को अवधारणा अनुरुप सरसफाई तथा रङ्गरोगन कार्य अगाडि बढाइएको छ । प्रतिष्ठानका करिव तीन लाख क्षमताका खानेपानी ट्याङ्कीहरू लामो समयदेखि सफाई र मर्मत नभएकोमा यो अवधीमा मर्मत सम्भार र सफाई गरिएको छ । प्रतिष्ठानका वुढा रुखका हाँगाहरू व्यवस्थित गरी काँटछाट गरिएको छ । प्रतिष्ठान प्रवेशद्वार र एकेडमिक बिल्डिङ अगाडि अपाङ्गमैत्री र्याम्प निर्माण गरिएको छ । अपाङ्ग मैत्री शौचालयको व्यवस्था गरिएको छ ।

कक्षा कोठाहरूलाई वातानुकुलित बनाउन सवै कक्षा कोठाहरूमा एयर कण्डिसन (एसी) जडान गरिएको छ । जिन्सी निरीक्षण गरी मर्मत सम्भार गर्नुपर्ने पुराना फर्निचरहरू मर्मत सम्भार भइरहेका छन् । लिलाम विक्रि गर्नु पर्ने सामग्रीहरू लिलाम विक्रिको क्रममा रहेको अवस्था छ । कक्षा कोठामा प्रोजेक्टर, घडि, पर्दा, कार्पेट राख्ने, फल सिलिङ राखी मर्मत सम्भार तथा रङरोगन गर्ने कार्य भइरहेको छ । त्यसैगरी विभिन्न तलाहरूमा रेलिङ राखिएको छ । कक्षा कोठाहरूमा सिसिटिभी जडान कार्य सुरु गरिएको छ । विभिन्न स्थानमा ऐनाहरू राखिएको छ । कम्प्युटर ल्याव स्तरोन्नति र मर्मत सम्भार कार्य सम्पन्न भएको छ ।

एकेडेमिक बिल्डिङको पछाडि ढुङ्गा माटो फोहोर हटाई टनेलसहितको नर्सरी स्थापनाको काम भइरहेको छ । फोहोरमैला व्यवस्थापनका लागि ट्रान्सफर सेन्टर स्थापनाको काम अगाडि वढेको छ । कुहिने फोहोर व्यवस्थापनका लागि कम्पोष्ट विनहरू राखी प्राङ्गारिक मल उत्पादन कार्य प्रारम्भ भएको छ । व्यवहारिक कक्षाका लागि प्रतिष्ठानमा रहेको मोडेल होटलको भान्साहरूमा लामो समयदेखि हुन नसकेको डिप क्लिनिङको कार्य सम्पन्न भएको छ । भान्सामा प्रयोग हुने भाँडा कुडा, उपकरण मर्मत सम्भार भइरहेको छ । मोडल होटलको माथिल्लो तलामा व्यवहारिक कक्षाका लागि रेष्टुरेण्ट स्थापनाको कार्य भइरहेको छ ।

प्रतिष्ठानमा साविक जाने–आउने एउटै गेटबाट हुने गरेकोमा हाल छुट्टाछुट्टै प्रवेशद्वारको व्यवस्था गरिएको छ । मुख्य सडकबाट प्रतिष्ठान छिर्ने बाटो तथा भित्रि बाटोहरूमा मा Way to NATHM लेखेको सङ्केत चिह्नहरू राखिएको छ । डिजिटल नाथमको अवधारणा अनुरुप प्रतिष्ठानको डिजिटल सुचना पाटी, नागरिक वडापत्र, डिजिटल साइनबोर्ड राखिएको छ । प्रतिष्ठानबाट हुने सेवा प्रवाहका लागि लेस पेपरको सोच सहित सफ्टवयरहरू निर्माण अनलाई फर्म÷अनलाइन भुक्तानी/नाथम एप्स निर्माण कार्य सुरु गरिएको छ । दर्ता चलानी सफ्टवयर प्रयोगमा ल्याइएको छ । प्रतिष्ठानका शैक्षिक कार्यक्रम र तालिमका सम्पुर्ण सर्टिफिकेटहरू डिजिटलाइज्ड गर्ने कार्य सुरु गरिएको छ ।

प्रत्येक महिनाको अन्तिम शुक्रबार कार्यकारी निर्देशकदेखि कार्यालय सहयोगीसम्म सवै कर्मचारीहरू सहभागी भई नियमित सरसफाई गर्ने प्रचलन सुरुवात गरिएको छ । प्रतिष्ठानका कर्मचारी र शिक्षकहरूको क्षमता अभिवृद्धिका लागि आवश्यक तालिम प्रदान गर्न तालिम आवश्यकता पहिचान गरीसो अनुरुपका तालिमहरू सञ्चालनको क्रममा रहेका छन् । प्रतिष्ठानबाट गरिने सार्वजनिक खरिद निर्माण, मर्मतसम्भार, सौन्दर्यीकरण, परीक्षा सञ्चालन, शैक्षिक कार्यक्रम, तालिम व्यवस्थापन लगायतका कार्यहरू सम्वन्धित शाखा प्रमुखहरूको संयोजकत्वमा अधिकृत स्तरका कर्मचारीहरू रहने गरी विभिन्न उप–समितिहरू गठन गरी (वैठक भत्ता नपाउने गरी) सहभागितामूलक एवम् पारदर्शी ढङ्गले गर्ने गरिएको छ ।

प्रतिष्ठानको गत आर्थिक वर्ष सम्मको सम्पूर्ण वेरुजु रकम फछ्र्यौट गरी हाल वेरुजु शुन्य भएको छ । विगतका वर्षहरूमा विज्ञापन वापत विभिन्न सञ्चारमाध्यमहरूलाई भुक्तानी हुने गरेको अनुत्पादक विज्ञापन खर्च पुर्णतया रोकिएको छ । प्रतिष्ठान भित्रका कर्मचारीहरूमात्र सम्मिलित समिति, उप–समितिहरूको वैठक भत्ता भुक्तानी वन्द गरी खर्चमा मितव्ययीताको नीति अपनाइएको छ । कर्मचारीहरूको काज, हाजिरी, विदा व्यवस्थित गरिएको छ । पुर्व स्विकृति नलिई काज नखटाउने, विदा स्विकृत गराई मात्र विदा वस्ने व्यवस्था मिलाइएको छ । त्यसैगरी काज र विदामा सम्वन्धित शाखा प्रमुख वा सुपरिवेक्षकको सिफारिश अनिवार्य गरिएको छ । सवारी साधनको प्रयोग व्यवस्थित गरिएको छ । यसभन्दा पहिला इन्धन वापत व्यक्तिले विल ल्याएर नगदै भुक्तानी लिने गरिएकोमा इन्धनको निश्चित कोटा तोकी कुपन लिएर मात्र इन्धन राख्ने व्यवस्था मिलाइएको छ । कर्मचारीहरूका लागि ओभर टाइम, क्लास आवर लगायतका खर्चहरू आर्थिक व्यवस्थापन कार्यविधि बनाई व्यवस्थित गरिएको छ ।

प्रतिष्ठानको पहिलो अनुसन्धानमूलक प्राज्ञिक जर्नल प्रकाशन गरिएको छ । नाथमका करिव २४ सय पूर्व विद्यार्थीहरूको ज्ञान सिप अनुभव योग्यता आदिलाई प्रतिष्ठानको रचनात्मक कार्यमा लगाउन NATHM Alumni गठन कार्य अगाडि बढाइएको छ । आंशिक तथा करार शिक्षकहरूका लागि टिचर्स अफिस स्थापना गरिएको छ । उनीहरूको व्यक्तिगत कागजातहरू नेपाली नागरिकता, पान नं., बैंक खाताको विवरण, शैक्षिक योग्यता तथा अनुभवका प्रमाणपत्र हस्ताक्षरित वायोडाटारहेको व्यक्तिगत फाइलहरू तयार गरिएको छ । प्रतिष्ठानसँग लागत साझेदारीमा तालिम सञ्चालन गरेका विभिन्न निकायहरू काठमाडौँ महानगरपालिका, नेपाल पर्यटन वोर्ड आदिसँग लिनुपर्ने करिव २० लाख रकम उठाइएको छ ।

प्रतिष्ठानमा अध्ययनरत विद्यार्थी र कर्मचारीहरूको प्राथमिक उपचारका लागि नाथम क्लिनिक स्थापना गरिएको छ । अनुसन्धान एकाई, इन्कुवेशन सेन्टरस्थापनाको कार्य अगाडि बढेको छ । महिला विद्यार्थी तथा कर्मचारीहरूका लागि नोटवेस भेन्डिङ मेशिन सहितको स्यानिटरी प्याडको व्यवस्था गरिएको छ । खेलकुदका क्षेत्रमा प्याराफिटनिर्माण चौतारी सौन्दर्यीकरण तथा पोल लाइटराख्ने कार्य सुरु गरिएको छ ।सकारात्मक सोच, योगा, ध्यान, उद्यमशिलता विकास नेतृत्व क्षमता अभिवृद्धि आध्यात्मिक सोच र चिन्तन, दिगो पर्यटन आदिका क्षेत्रका विज्ञहरूको सूची (Roster) तयार भएको छ । अव सञ्चालन हुने कक्षाहरूमा विद्यार्थी, शिक्षक, कर्मचारी सहितलाई प्रशिक्षण दिइने योजना बनाइएको छ । काठमाडौं उपत्यकाभन्दा बाहिर पहिलो पटक महोत्तरीको बर्दिवास, बाँकेको नेपालगञ्ज र झापाको बिर्तामोडमा प्रतिष्ठानको शाखा कार्यालयहरू स्थापना गरिएको छ ।

अवका मुख्य योजना

कार्यकारी निर्देशक थापाका अनुसार नाथमको आगामी मुख्य योजनामा शैक्षिक कार्यक्रमहरू व्यवस्थित रूपमा सञ्चालन गरी गुणस्तर अभिवृद्धि गर्ने नै रहेको छ । यसका लागि सिपमुलक तालिम कार्यक्रमलाई सवै स्थानीय तह र प्रदेशहरूमा पुर्याई वास्तविक रोजगारी सिर्जना गर्ने तालिमतर्फ फोकस हुने योजना बनाइएको छ । सार्क, विमस्टेक चिनका विद्यार्थीहरू लक्षित गरी अन्तर्राष्ट्रिय स्तरको पढाई सञ्चालन गर्ने, त्रिभुवन विश्वविद्यालयबाट Quality Assurance & Accreditation (QAA) प्राप्त गर्ने ISO Standard प्राप्त हुने आधार र पुर्वाधार तयार गर्ने समेत योजना बनाइएको छ । टुरिज्म एण्ड हस्पिटालिटी युनिभर्सिटीका रूपमा प्रतिष्ठानलाई विकास गर्ने महत्वाकांक्षी योजना समेत थापाले बनाएका छन् ।

कार्यकारी निर्देशक थापाका अनुसार नाथमको आगामी मुख्य योजनामा शैक्षिक कार्यक्रमहरू व्यवस्थित रूपमा सञ्चालन गरी गुणस्तर अभिवृद्धि गर्ने नै रहेको छ । यसका लागि सिपमुलक तालिम कार्यक्रमलाई सवै स्थानीय तह र प्रदेशहरूमा पुर्याई वास्तविक रोजगारी सिर्जना गर्ने तालिमतर्फ फोकस हुने योजना बनाइएको छ । ७७ वटै जिल्ला ७५३ स्थानीय तह र ७ प्रदेशका स्थानीय नेपाली खानाका परिकारहरूको खोज अनुसन्धान गर्ने र Nepalese Cuisine को डाटावेससमेत तयार गर्ने समेत योजना रहेको छ । शाखा कार्यालयहरूबाट यस वर्ष व्याचलर इन होटल म्यानेजमेण्ट (BHM) शैक्षिक कार्यक्रम र पर्यटन तथा अतिथि सत्कार क्षेत्रसँग सम्बन्धित तालिम सञ्चालन क्रमश ७ वटै प्रदेशमा विस्तार गर्ने योजना समेत नाथमले बनाएको छ ।

व्यवहारिक अभ्यास गर्दा उत्पादन भएका खानाका परिकारहरू सहुलियत दरमा विक्रि गर्न काठमाडौं उपत्यका भित्र आउटलेट समेत स्थापना गर्ने योजना नाथमको रहेको छ । प्रतिष्ठानका विभिन्न ठाउँमा काठका गोलघर र बस्ने वेञ्चहरू राख्ने, प्रतिष्ठान परिसरमा बैंक एटिएम राख्ने योजना पनि रहेको छ । प्रतिष्ठानको मास्टर प्लान र रणनीतिक योजना बनाई सोही अनुरुप नाथमलाई पाँच तारे होटल स्तरको प्राज्ञिक संस्थाका रूपमा विकास गर्ने लक्ष्य राखेर काम भइरहेको छ । सार्क, विमस्टेक चिनका विद्यार्थीहरू लक्षित गरी अन्तर्राष्ट्रिय स्तरको पढाई सञ्चालन गर्ने, त्रिभुवन विश्वविद्यालयबाट Quality Assurance & Accreditation (QAA) प्राप्त गर्ने ISO Standard प्राप्त हुने आधार र पुर्वाधार तयार गर्ने समेत योजना बनाइएको छ । टुरिज्म एण्ड हस्पिटालिटी युनिभर्सिटीका रूपमा प्रतिष्ठानलाई विकास गर्ने महत्वाकांक्षी योजना समेत थापाले बनाएका छन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको