१२ जेष्ठ २०८०, शुक्रबार

हिल्साको सीमा प्रहरी चौकी ६ महिनाका लागि सिमकोट प्रस्थान



समर हुम्ली

३ मंसिर, हुम्ला । हुम्लाको उत्तरी चल्ती नाका हिल्सामा सीमा सुरक्षाको लागि बसेको प्रहरी चौकी मंगलबार सिमकोट पुगेको छ । मंसिर २ गते सिमकोट प्रस्थान गरेको प्रहरी चौकी अब जेठमा पुनः हिल्सा जाने छ ।

हिल्सामा माइनस् दश डिग्रीभन्दा धेरै तापक्रम घटेपछि त्यहाँ बसेको प्रहरी चौकी बन्दोबस्तीमा सामानहरू ल्याएर जिल्ला प्रहरी कार्यालय सिमकोट पुगेको हो । यो प्रहरी चौकीमा १४ जना प्रहरीको टोली रहेको छ । जसको नेतृत्व प्रहरी निरिक्षक जंगबहादुर आलेले गरेको थिए ।

सीमा सुरक्षा र अन्य अवाञ्छित गविविधि नियन्त्रण गर्नका लागि वर्षेनी जेठमा गएर कात्तिक मंसिरतिर सदरमुकाम सिमकोट पुग्ने परम्परा अनुसार यो वर्ष सशस्त्र प्रहरीको बीओपीको टिम हिल्सामा बसेको छ । तर सीमा प्रहरी चौकी हिल्साको टिम भने बन्दोबस्तीका सरसामानहरूको व्यवस्था नभएकाले जिल्ला प्रहरी कार्यालय हुम्ला सिमकोटमा फर्केको प्रहरी नायव उपरिक्षक सूर्य प्रकाश सुवेदीले जानकारी दिए ।

हिउँदको समय मंसिरदेखि चैत्रसम्म दिन रातको समयमा तापक्रम माइनस् पाँचदेखि २५ सम्म हुने भए पनि यो वर्ष बीओपीको टोली र केही स्थानीयहरू हिल्सामा नै बसेका छन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको