नेकपाको सचिवालय बैठक आरम्भ
३ मंसिर, काठमाडौँ । सर्वाधिक चासोका साथ हेरिएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रारम्भ भएको छ ।
बैठकका लागि प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितका सचिवालय सदस्यहरू बालुवाटार प्रवेश गरिसकेका छन् ।
बैठक सार्न आग्रह गरिरहेका प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओली पनि बैठकमा उपस्थित भएका छन् ।
एकअर्का बीच आरोप प्रत्यारोप गरिरहेको दुवै जना अध्यक्षहरू सहभागी आजको सचिवालय बैठक सर्वाधिक चासोका साथ हेरिएको छ ।