१६ श्रावण २०७८, शनिबार

कोरोना सङ्क्रमणका कारण २ जना वरिष्ठ डाक्टरहरूको मृत्यु



१ मंसिर, काठमाडौं । कोरोना सङ्क्रमितको उपचारमा खटिएका थप २ जना डाक्टरहरूको कोरोना सङ्क्रमणबाट ज्यान गएको छ ।

त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानका वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा. डा. सुनिल झा र नेपाल वर्न सोसाइटी तथा इसान हस्पिटलका अध्यक्ष नारायणबहादुर थापाको ज्यान गएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

कोरोना सङ्क्रमित भएका डा. झाको सोमबार बिहान र डा. थापाको आइतबार राति ज्यान गएको भन्दै मन्त्रालयले उनीहरूको निधनबाट देशलाई ठुलो क्षति पुगेको बताएको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु