११ मंसिर २०७८, शनिबार

रमेशनाथ पाण्डेलाई जापान सरकारबाट महत्वपूर्ण सम्मान



१ मंसिर, काठमाडौँ । नेपालका पूर्व परराष्ट्र मन्त्री, राजनीतिज्ञ एवम् लेखक रमेशनाथ पाण्डेले जापान सरकारबाट हरेक वर्ष प्रदान गरिने ‘ग्राण्ड कोर्डन अफ दि राइजिङ सन’ नामले परिचित महत्वपूर्ण सम्मान प्राप्त गरेका छन् ।

विश्वका विभिन्न मुलुकको राजनीतिक तथा प्रशासनिक जिम्मेवारीमा रहेर कुटनैतिक सम्बन्ध प्रगाढ बनाउने कार्यमा तल्लिन व्यक्तित्वलाई जापान सरकारले वर्षेनी यस किसिमको सम्मान प्रदान गर्ने गरेको छ ।

यसअगि हाम्रो छिमेकी मुलुक भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंह, आधुनिक सिंगापुर निर्माता लि क्यु वानसहित विश्व राजनीतिक महत्वपूर्ण हस्तीहरू यो सम्मान प्राप्त गरेका थिए । यसखाले एउटा प्रतिष्ठित सम्मान नेपालका राजनीतिज्ञले पाउनु गर्वको विषय हो ।

नेपाली समाजको विकास, रुपान्तरण तथा देशलाई विश्व समुदायमाझ प्रभावकारी रूपमा उपस्थित गराउन पाण्डेको महत्वपूर्ण भूमिका खेल्दै आएका छन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको