६ आश्विन २०८०, शनिबार

जनकपुर तेजाव आक्रमण : ५८ बोतल तेजाबसहित व्यापारी पक्राउ



३० कार्तिक, धनुषा । जनकपुरधाममा तेजाब बिक्रीवितरण गरेको आरोपमा एक व्यापारीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार जनकपुरधामबाट ५८ बोतल तेजाबसहित एक व्यापारीलाई पक्राउ गरिएको हो ।

शनिबार जनकपुरमा भएको तेजाब प्रहार घटनामा प्रहरीले अनुसन्धान गर्ने क्रममा ५८ बोतल तेजाबसहित स्थानीय व्यापारी नागेन्द्र साहलाई पक्राउ गरेको छ । शनिबार श्रीमती र छोरीमाथि तेजाब प्रहार गर्ने जनकपुरधाम वडा नम्बर २० देवपुरा घर भएका २४ वर्षीय सञ्जीव साहलाई घटनालगत्तै प्रहरीले पक्राउ गरेर अनुसन्धान गर्दै जाँदा तेजाबका बिक्रेतालाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पहिले पनि करेन्ट लगाउनुका साथै मट्टीतेल खन्याएर आगो लगाउनेसम्मको यातना पाएको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ जानकीनगर माइती भएकी आरती साहले बताइन् । चार वर्षअघि जनकपुरधाम उपमहानगरपालिका–२० रुपैठाका सञ्जीव साहसँग सामाजिक परम्पराअनुसार उनको विवाह भएको थियो ।

विवाह भएको केही समयपश्चात् नै सञ्जीव रक्सी खाएर घर आउने र आफूलाई कुटपिट गर्ने गरेको आरतीले बताइन् । यसरी बारम्बार यातना दिँदा पनि घरमै सहेर बसेको तर सञ्जीवका पिताले समेत आफूमाथि गलत नजर राख्न थालेपछि घर छाड्न बाध्य भएको उनले बताइन् ।

(रासस)


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको