१३ आश्विन २०८०, शनिबार

अदानचुलीले बाँड्यो करीब बाइस लाखको सुधारिएको चुल्हो



समर हुम्ली

३० कार्तिक, हुम्ला । हुम्लाको दक्षिणी भेगमा अवस्थित अदानचुली गाउँपालिकाले विभिन्न क्षेत्रसँगको सहकार्यमा करीब २२ लाखको सुधारिएको चुल्हो वितरण गरेको छ । धुँवा रहित गाउँपालिका बनाउने अभियान पूर्णता दिने क्रममा गाउँपालिकाले चुल्हो वितरण गरेको हो ।

दिगो विकास लक्ष्य प्राप्त गर्न गराउनका लागि विभिन्न प्रकारका भौतिक, प्राविधिक, आर्थिक, सामाजिक तथा अन्य सूचकहरूलाई समानान्तर रुपमा विकास गर्न सबै क्षेत्रको विकास गर्नु आवश्यक छ । यहि प्रक्रियालाको निरन्तरतास्वरूप स्वास्थ्य क्षेत्रको सुधारका लागि चुल्हो वितरण गरिएको अदानचुली गापाका अध्यक्ष दल फडेराले बताए ।

आगामी तीन वर्षभित्र अदानचुलीलाई धुँवारहित गाउँपालिका घोषणा गर्ने लक्ष्य अनुसार पहिलो चरणमा वडा नम्बर १ का २ सय ४० घरधुरीलाई सुधारिएको चुल्हो वितरण गरिएको छ ।

यो कार्यक्रमका लागि अदानचुली गाउँपालिका, खानेपानी, सिंचाई तथा उर्जा कार्यालय र वैकल्पिक उर्जाको सहकार्य र समन्वयमा बजेट व्यवस्थापन गरिएको अदानचुली वडा नम्बर १ का वडा अध्यक्ष रग्या थापाले जानकारी दिएका छन् । अनुदान, ढुवानी र खरिद गरेर २४० वटा सुधारिएको चुल्होको खर्च २१ लाख ६० हजार रहेको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको