२२ जेष्ठ २०८०, सोमबार

२७९८ डिस्चार्ज : थप १४७७ जनामा कोरोना पुष्टि, ६ को मृत्यु



३० कार्तिक, काठमाडौं । आइतबार देशभर १४७७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उल्लिखित संख्यामा भाइरस सङ्क्रमण पुष्टि भएको हो ।

आज थपिएकासहित नेपालमा हालसम्म कोरोना सङ्क्रमित हुनेको संख्या २ लाख ९ हजार ७ सय ७६ पुगेको छ ।

देशका विभिन्न अस्पतालमा उपचाररत २ हजार ७ सय ९८ जना भाइरस सङ्क्रमित कोरोना मुक्त भएर घर फर्किएका छन् । यो संख्यासहित हालसम्म कोरोनाबाट मूक्त हुनेको संख्या १ लाख ७३ हजार ४ सय ३० पुगेको छ ।

त्यस्तै कोरोनाका कारण आज ६ जना सङ्क्रमितको मृत्यु भएको छ । योसहित कोरोनाका कारण हालसम्म मृत्यु हुनको संख्या १२ सय २१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको