२० जेष्ठ २०८०, शनिबार

हुम्लामा १२ जनालाई कोरोना पुष्टी, भाइरस समुदायस्तरमै फैलिएको आशङ्का



समर हुम्ली

२९ कार्तिक, हुम्ला । ग्रीनजोनको रूपमा चिनिएको हुम्लाको नाम्खा गाउँपालिकाको केन्द्र याल्वाङ्गको विद्यालयमा दुई दिनको अन्तरमा १२ जनालाई कोरोना पाजेटिभ देखिएको छ । कोरोना सङ्क्रमण देखिएसँगै विद्यालयलाई शिल गरिएको छ भने गाउँपालिकाको सबै नाका बन्द गरिएको छ ।

विद्यालयको छात्रबासका विद्यार्थी र सञ्चालकलार्ई सामान्य रुघाखोकी र ज्वरो आउँपछि कोरोना परिक्षण गराउदा पहिलो पटक चार जनालाई कोरोनो पोजेटिभ देखिएको नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर लामाले बताए ।

सङक्रमण देखिएपछि तत्काल जिल्ला प्रकोप व्यवस्थापन समितिको बैठकले विद्यालय कात्तिक २८ देखि ३० गतेसम्म शिल गरेको थियो । कोरोना पोजेटिभ देखिएकाहरूसँग सम्पर्कमा आएकाहरूको पनि स्वाव सङ्कलन गरी सुर्खेत पठाउँदा थप ८ जनालाई कोरोना पोजेटिभ देखिएको स्वास्थ्य सेवा कार्यालय हुम्लाले जानकारी दिएको छ ।

नाम्खाको केन्द्र याल्वाङ्गमा रहेको विद्यालयमा दुई दिनको फरकमा चार र आठ गरी १२ जनालाई कोरोनो पोजेटिभ देखिएको जिल्लाको पहिलो घटना हो । यसबाट हिउँदको समयमा सञ्चालनमा आएका विद्यालयहरूमा सन्त्रास फैलिएको छ । अविभावक, शिक्षक र विद्यार्थीहरू सचेत हुँदाहुँदै पनि कोराना प्रकोपको भागीदार हुनुपर्ने चिन्ता बढ्न थालेको छ ।

दुई दिनमै १२ जनालाई कोरोना सङ्क्रमण पुष्टि भएपछि भाइरस समुदायस्तरमै फैलिसकको आशङ्का गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको