१३ फाल्गुन २०७७, बिहीबार

कोरोना सङ्क्रमित डा. केसीको सम्पूर्ण उपचार खर्च सरकारले ब्यहोर्छ : प्रधानमन्त्री ओली



२९ कार्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले डा. गोविन्द केसीको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । अनशत तोडेसँगै कोरोना भाइरस सङक्रमणसँग लडिरहेका डा. केसीको प्रधानमन्त्रीले स्वास्थ्य लाभको कामना गरेका हुन् ।

शनिबार ट्विटरमा सन्देश लेख्दै प्रधानमन्त्री ओलीले डा. केसीको सम्पूर्ण उपचार खर्च सरकारले व्यवहोर्ने जानकारी गराएका छन् ।

निरन्तरको आमरण अनशनका कारण शारिरिक रूपमा कमजोर भइसकेका केसीको स्वास्थ्य अवस्थाबारे सरकारले बेलैमा चासो लिएको देखिएको छ ।

डा. केसीलाई शुक्रबार साँझ कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु