२३ जेष्ठ २०८०, मंगलवार

सुर्खेतमा कोरोना सङ्क्रमित पुरुषको मृत्यु



२९ कात्तिक, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा उपचाररत एकजना कोरोना सङ्क्रमित पुरुषको मृत्यु भएको छ । आज बिहान साढे ४ बजे प्रदेश अस्पताल सुर्खेतमा वीरेन्द्रनगर नगरपालिका वडा नं. ८ निवासी ६० वर्षीय पुरुषको मृत्यु भएको हो ।

सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका जनस्वास्थ्य शाखा प्रमुख नवराज कँडेलका अनुसार उनलाई यही कात्तिक २३ गते कोरोना संक्रमण पुष्टि भएको थियो । घरमै आइसोलेसनमा बसिरहेको बेला श्वासप्रश्वासमा कठिनाइ भएपछि उनलाई कात्तिक २४ गते राति साढे १० बजे प्रदेश अस्पताल सुर्खेतमा भर्ना गरिएको कँडेलले बताए।

शरीरमा अक्सिजनको मात्रा कम हुँदै गएर कोरोना सङ्क्रमित विरामी आज बिहान करिब ४ बजे बेहोस भएका थिए । २५ मिनेटसम्म छाती थिचेर ब्युँताउने प्रयास (सीपीआर) गर्दा पनि होस् नफर्के पछि डाक्टरहरुले मृत घोषणा गरेका थिए ।

यससँगै कर्णाली प्रदेशमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या १७ पुगेको जनस्वास्थ्य शाखा प्रमुख कँडेलले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको