३ आश्विन २०८०, बुधबार

नेपाली काँग्रेसका सहमहामन्त्रीमा सुनिल थापा मनोनित



२९ कात्तिक, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संस्थापक नेता सूर्यबहादुर थापाका छोरा सुनिल थापा नेपाली काँग्रेसको सहमहामन्त्रीमा मनोनित भएका छन् । शुक्रबार बसेको केन्द्रीय समितिको बैठकले थापालाई सह–महामन्त्री बनाउने निर्णय गरेको हो ।

महामन्त्री पूर्णबहादुर खड्काले बैठकमा थापा समूहको व्यवस्थापन बारे प्रस्ताव पेस गरेका थिए । सोही अनुसार थापासँगै रामप्रसाद भट्टराई (मोरङ), विष्णुविक्रम थापा (सिन्धुपाल्चोक), बाबुराम बस्नेत (भोजपुर), वृजलाल यादव (बारा), किरण गिरी (काठमाडौं), टि.एन. योगी (ललितपुर), दिलीप राई (झापा) लाई केन्द्रीय सदस्यमा मनोनित गरिएको छ भने कैलालीका आशाराम चौधरी र कपिलवस्तुका राजेशबहादुर सिंह आमन्त्रित केन्द्रीय सदस्य रहेका छन् ।

साउन १३ गते सानेपामा सुनिल समूह राप्रपा परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गरेको थियो ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको