जहानको यादमा परदेशमा तड्पिएकाहरूको कथा बोल्ने अमृतको गीत(भिडियोसहित)
२२ साउन, काठमाडौं । वैदेशिक रोजगार अधिकांश नेपालीको रहरभन्दा बढी बाध्यता भएको छ । कोरोना महामारी विश्वभर फैलिदा वैदेशिक रोजगारमा रहेका कयौं नेपालीले ऋण लगानी गरेर पाएको रोजगारी मात्र गुमाएनन् सपना, आशा, भरोषा सबै गुमाए ।
आफु नेपालमै भएपनि युवा गायक तथा संगीतकार अमृत क्षेत्रीले तिनै वैदेशिक रोजगारीमा रहेका नेपाली दाजुभाइको कथा बोल्ने सिर्जना जन्माए । आफुले कोरेका शव्दहरुमा आफै संगीत भरेर अमृतले गायिका मेलिना राइसँग युगल गीत गाएपछि तयार भयो, जहाँजै चढेर ।
वि.वि अनुरागीको संगीत संयोजन रहेको गीतको भिडियो निर्देशन गरे निकेश खड्काले । चर्चित अभिनेता दयाहाङ राई र केनिपा सिंहको अभिनय रहेको यो गीतको भिडियो हामीले समान्यतया हेर्दै आएको म्यूजिक भिडियो भन्दा अलि पृथक लाग्छ । बुद्ध थापाको छायाँकन र विकास धमलाको सम्पादनले गीतको भिडियो अझ सशक्त बनेको अनुभुती हुन्छ ।
गीतमा आफुलाई पर्खिएर बसेकी प्राण पियारीलाई रोजगारीको शिलशिलामा सात समुन्द्र पारी रहेको श्रीमान अथवा पात्रले सम्झाइरहेको कथा भेटिन्छ । सर्जकले त कथा बोकेका सिर्जना मात्रै तयार गर्नसक्ने तागत राख्दछन् । व्यक्तिले होइन सिंगो मुलुकले भोगीरहेको यस्ता समस्यालाई समाधानको मार्गमा डोर्याउने तागत राजनैतिक नेतृत्वमासँग भएपनि कुर्षि तानातान नै सर्वेसर्वा ठानिएको प्रष्टै दखिन्छ ।
आस बोकेर उडेकाहरु काठको बाकसमा भरिएर आउने गरेको विडम्बना एकातिर भएपनि रेमीट्यान्सले धानेको हाम्रो मुलुकले समृद्धिको यात्रा तय गरिसक्यो भन्ने अभिव्यक्तिहरु पनि सुनिन्छन् । घर परिवारलाई चटक्क छोडेर थाप्लोमा ऋणको भारी बोकी कहरले विदेश भासीनुपर्ने बाध्यताको अन्त्य नभएसम्म समृद्धि शब्दावलीमा मात्रै सिमीत नहोला भन्न सकिन्न ।
भिडियो हेर्नुहोस्ः