७ आश्विन २०८०, आईतवार

४० मिनटेमैं सकियो नेकपाको सचिवालय बैठक



२८ कात्तिक, काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक ४० मिनेट मात्र बसी सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठक मंसिर ३ गते अर्को बैठक बस्ने गरी सकिएको हो ।

बैठकमा पार्टीभित्र उत्पन्न संकटलाई सूचीवद्ध ढंगले कसरी समाधान गर्ने भन्ने विषयमा छलफल भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । प्रवक्ता श्रेष्ठका अनुसार बैठकमा कर्णाली प्रदेश लगायतका सांगठानिक संरचनाभित्र देखिएको समस्या समाधान गर्ने विषयमा छलफल भएको छ ।

बैठकमा विशेषगरी पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘‘प्रचण्ड’ लगायत ५ जनालाई लेख्नुभएको पत्र, कार्यकारी अध्यक्ष प्रचण्डसहित ५ नेताले ओलीलाई लेख्नुभएको पत्र र अन्तरपार्टी निर्देशिका केही दिन अध्ययन गर्नका लागि सचिवालय सदस्यहरुलाई बाँडिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए । अर्को बैठक मंसिर ३ गते १ बजे बस्ने समेत उनले बताए ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको