३ आश्विन २०८०, बुधबार

पुजा र आकाशको प्रेम ‘जनम जनम’ होस् भन्दै गायक लेखु सहयात्री (भिडियोसहित)



२७ कार्तिक, काठमाडौं । युवा गायक तथा गीतकार लेखु सहयात्रीको प्रेम समर्पणको भाव भल्किने ‘जनम जनम’ गीतको भिडियो सार्वजनिक भएको छ । बिहिबार भावसागर इन्टरटेन्मेन्टबाट गीतको भिडियो सार्वजनिक गरिएको हो ।

रारापाटीसँग कुरा गर्दै गायक सहयात्रीले गीतको सन्दर्भमा सबैजनाबाट राम्रो प्रतिक्रिया पाइरहेका बताए । उनले भने, ‘गीत त धेरै लेखेको छु । तर पछिल्लो समय गायनमा सक्रिय हुँदै गर्दा सकारात्मक प्रतिक्रिया र स्यावासीले थप हौसला मिलेको छ ।’

अम्बिका गुरुङको शब्दमा पुरूषोत्तम सुबेदीले संगीत भरेका हुन् । गीतमा फडेन्द्र राइको संगीत संयोजन र किशोर थापाको ध्वनी सम्पादन रहेको छ । बुद्ध थापाको छायाँकन र बिकाश धमलाको सम्पादन रहेको गीतको भिडियो निर्देशन निकेश खड्काले गरेका हुन् ।

पछिल्लो समय चर्चित नायिका पुजा शर्मा र आकाश श्रेष्ठको प्रेम सम्बन्ध झाङ्गिदै गएको समाचार विभिन्न सञ्चार माध्यममा सार्वजनिक भइरहेकै छन् । त्यहि कारण हुनसक्छ प्रेम समर्पणको भाव समेटिएको गीत ‘जनम जनम’ मा यो जोडीको अभिनय गज्जव खुलेको छ ।

भिडियो हेर्नुहोस् :


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको