२० जेष्ठ २०८०, शनिबार

मेलम्चीको पानी नयाँ वर्षअघि नै काठमाडौं आइपुग्छ : सूर्य थापा

२७ कार्तिक, काठमाडौं । प्रधानमन्त्रीका प्रेस सल्लाहकार तथा नेकपा प्रचार विभाग उप–प्रमुख सूर्य थापाले मेलम्चीको पानी काठमाडौं ल्याउने चार दशक लामो सपना कार्यान्यवनको नजिक पुगेको बताएका छन् । कुनै अन्यथा समस्या सिर्जना नगरिएमा नयाँ वर्ष २०७८ को आगमनअघि नै व्यवस्थित रूपमा उपभोक्ताको घर र धारामा स्वच्छ मेलम्चीको पानी आइपुग्ने थापाले उल्लेख गरेका छन् ।

आफै सुन्दरिजल खानेपानी आयोजना निर्माण स्थल पुगेको तस्बिरहरू सामाजिक सञ्जालमा सार्वजनिक गर्दै थापाले मेलम्चीबाट १७ करोड लिटर पानी ल्याउने तयारी रहेको बताएका छन् । ‘सुरूङभित्रका गेटहरूको पुनःडिजाइन अनुरूप बलियो पुनःनिर्माणको काम धमाधम भइरहेको छ ।’ सल्लाहकार थापाले लेखेका छन्, ‘र, आउँदो मंसिरभित्रै सुरूङमा पानी पठाउने र परीक्षण गर्ने गरी तयारी अन्तिम रूपमा भइरहेको छ ।’

उनले यारी र लार्केबाट थप ३४ करोड लिटर पानी ल्याउने हिसाबले हेड वक्र्सको तदनुरूप निर्माण तीब्र रूपमा चलिरहेको उल्लेख गरेका छन् । सुरूङ जम्मा ५१ करोड लिटर पानी ल्याउन सकिने गरी तयार भइसकेको बताउदै थापाले लेखेका छन्, ‘जम्मा २९ अर्ब बजेट लागतमा निर्माण भइरहेको यस आयोजनाले राजधानीमा पानीको सङ्कट र प्यास मेटाउन महत्त्वपूर्ण योगदान गर्ने विश्वास सर्वत्र गरिएको छ ।’

तत्कालिन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराइको भाषणलाई स्मरण गर्दै उनले लेखेका छन्, ‘मेलम्चीको पानी ल्याई काठमाडौंका सडक पखालिदिने भनी तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले २०४८ सालको आम निर्वाचनमा भाषण गर्नुभएको धेरैलाई संझना नेै छ । तर उहाँले दुई पटक प्रधानमन्त्री बन्दा आयोजना अघि बढाउन कुनै सुरसार सम्म गर्नु भएन ।’ सल्लाहकार थापाले ओझेलमा परेको मेलम्ची खानेपानी आयोजना प्रधानमन्त्री केपी शर्मा ओलीको सफल नेतृत्वका कारण तीन दशकपछि पूरा हुन गइरहेको दाबी गरेका छन् ।

केही समयअघि इटालियन ठेकेदार कम्पनी भागेपछि आयोजनालाई श्रम र सामान आपुर्ति गरी हालसम्म भुक्तानी पाउन नसकेका पीडितहरूले आफ्ना समस्याहरू अविलम्ब सुनुवाइका लागि ध्यानाकर्षण पत्रसमेत बुझाएको थापाले जानकारी गराएका छन् । उनका अनुसार पत्रमा स्थानीयले करिब ३६ करोड र जम्मा १ अर्ब ३२ करोड रूपैयाँ बराबरको भुक्तानी पाउन बाँकी रहेको उल्लेख गरिएको छ । यस समस्याको विवेकसम्मत सम्बोधन गरेर अघि बढ्दा मेलम्ची खानेपानी आयोजनाको सफल कार्यान्वयन हुनेमा दुइमत नरहेको थापाले बताएका छन् ।

हिजो (बुधबार)प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा, सम्बन्धित क्षेत्रबाट प्रतिनधिसभाका सांसद शेरबहादुर तामाङ, विकास पूर्वाधार विज्ञ ईन्जिनियर गजेन्द्र थपलिया, जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङ, खानेपानी मन्त्रालयका सचिव माधव बेल्वासे, आयोजना प्रमुख तिरेश खत्रीसहितको टोलीले आयोजनाको कार्य प्रगतिको स्थितिको स्थलगत र समग्र निरीक्षण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको