१६ श्रावण २०७८, शनिबार

चित्रबहादुर केसीको उपचारको सम्पूर्ण खर्च सरकारले व्यहोर्ने



२७ कात्तिक, काठमाडौँ । सरकारले कोरोना संक्रमण भएका राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवम् पूर्व उप–प्रधानमन्त्री चित्रबहादुर केसीको सम्पूर्ण उपचार खर्च व्यहोर्ने भएको छ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले केसीको पुरै उपचार खर्च व्यहोर्ने निर्णय गरेको अर्थमन्त्री विष्णु पौडेलले ट्विटरमार्फत् जानकारी दिएका छन्।

मन्त्री पौडेलले ट्विटरमा लेखेका छन्, ‘राष्ट्रिय जनमोर्चाका अध्यक्ष, संविधानसभाका सदस्य, पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीज्यूको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछु। आज सम्पन्न मन्त्रिपरिषदको बैठकले उहाँको सम्पूर्ण उपचार खर्च बेहोर्ने निर्णय गरेको पनि अवगत गराउँछु।’

कात्तिक २५ गते केसीलाई कोरोना संक्रमण पुष्टि भएको थियो। उनको अहिले ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको राष्ट्रिय जनमोर्चाका नेता आनन्द शर्माले जानकारी दिए। अध्यक्ष केसीको अवस्था सामान्य रहेको नेता शर्माले बताए।

करिब एक महिनादेखि भैरहवामा रहेका केसीलाई रुघाखोकी तथा ज्वरो आउने समस्या देखिएपछि उनको पिसिआर परीक्षण गरिएको थियो। तर त्यहाँ जाँच गराउँदा रिपोर्ट निगेटिभ आएको थियो। मंगलबार बुटवलबाट काठमाडौं आएका केसीलाई त्यही दिन ललितपुरको भैसेपाटी स्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो।

यो पनि पढ्नुहोस् :


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु