३ आश्विन २०८०, बुधबार

कोरोना सङ्क्रमणबाट चित्रबहादुर के.सी.को अवस्था गम्भीर



२६ कात्तिक, काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवम् नेपाल सरकारका पूर्व उप–प्रधानमन्त्री चित्रबहादुर के.सी.लाई कोरोना सङ्क्रमण भएको छ । केही दिन अगाडिदेखि निमोनिया रोगबाट ग्रस्त भएका के.सी.को स्वाव परिक्षण गर्दा हिजो कोरोना पोजेटिभ देखिएको हो ।

पहिलेदेखि नै स्वास्थ्यसम्बन्धी विभिन्न समस्याहरूबाट पिडित के.सी.को ललितपुरको भैसेपाटी स्थित मेडिसिटी अस्पतालमा आइसोलेसनमा राखी उपचार भइरहेको छ । राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रश्मीराज नेपालीद्वारा आज जारी गरिएको विज्ञप्ती अनुसार ८६ वर्षिय के.सी.को स्वास्थ्य स्थिती गम्भीर रहेको छ ।

राष्ट्रिय जनमोर्चा केन्द्रीय कार्यालयको आज बसेको बैठकले नेता के.सी. को लामो समय अस्पतालमा राखी उपचार गर्नु पर्ने भएकाले उपचारमा लाग्ने खर्च पार्टी र शुभचिन्तकहरूको सहयोगबाट जुटाउने समेत निर्णय गरेको छ ।

प्रेस वक्तव्यमा राष्ट्रिय जनमोर्चाको राष्ट्रिय वाणिज्य वैंकको नयाँ वानेश्वर शाखामा रेहको खाता नंं. १४२०००४१७३०१ मा उपचारका लागि रकम जम्मा गरिदिन समेत अनुरोध गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको