लोकप्रिय गायक सत्यराजको ‘नजरको नशा’ सार्वजनिक (भिडियोसहित)
२३ कार्तिक, काठमाडौं । लाकप्रिय गायक तथा संगितकार सत्यराज आचार्यको नयाँ गीत ‘नजरको नशा’ सार्वजनिक भएको छ । सत्य/स्वरूप ईन्टरटेन्मेन्टबाट शुक्रबार गीतको भिडियो सार्वजनिक गरिएको हो ।
गीतको शब्द राजेन्द्र सुबेदी छहारीले लेखेका हुन् । सत्य/स्वरूपको संगीत र किरण तुलाधरको संगीत संयोजन रहेको यो गीतमा सत्यराजको गायकी गज्जव खुलेको छ ।
बजारमा एकपछि अर्को गर्दै आइरहेका गीतहरू भन्दा यो गीत पृथक लाग्छ । एउटै प्रकृतिका गीत सुनेर थकित हुनुहुन्छ भने यो सिर्जना बास्तवमै गतिलो खुराक बन्न सक्छ ।
भिडियोमा सरोज राना प्रजा, अतिस जैरो, एलेक्स विश्वकर्मा र सविना आचार्यको अभिनय हेर्न सकिन्छ । नवराज उप्रेतिको छायाँकन र नबिन निरौला सम्पादन रहेको गीतको भिडियो निर्देशन गम्भिर बिष्टले गरेका हुन् ।
भिडियो हेर्नुहोस् :