२८१२ डिस्चार्ज : देशभर २८१७ जनामा कोरोना पुष्टि, २१ को मृत्यु
२३ कार्तिक, काठमाडौं । आइतबार देशभर २८१७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उल्लिखित संख्यामा भाइरस सङ्क्रमण पुष्टि भएको हो ।
काठमाडौं उपत्यकामा आज मात्रै थप १५ सय ३३ जना कोरोना सङ्क्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा १२९४, ललितपुरमा १६२, भक्तपुरमा ७७ जना सङ्क्रमित थपिएका छन् ।
आज थपिएकासहित नेपालमा हालसम्म कोरोना सङ्क्रमित हुनेको संख्या १ लाख ९४ हजार ४ सय ५३ पुगेको छ ।
देशका विभिन्न अस्पतालमा उपचाररत २ हजार ८ सय १२ जना भाइरस सङ्क्रमित कोरोना मुक्त भएर घर फर्किएका छन् । यो संख्यासहित हालसम्म कोरोनाबाट मूक्त हुनेको संख्या १ लाख ५७ हजार ९ सय २६ पुगेको छ ।
त्यस्तै कोरोनाका कारण आज २१ जना सङ्क्रमितको मृत्यु भएको छ । योसहित कोरोनाका कारण हालसम्म मृत्यु हुनको संख्या ११ सय ८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।