१३ मंसिर २०७७, शनिबार

तीनै तहका सरकारहरूको समन्वय र सहकार्य बिना विकास सम्भव छैन : मुख्यमन्त्री शाही



समर हुम्ली

२२ कार्तिक, हुम्ला । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले सरकारका तीन तहको आवश्यक समन्वय र सहकार्य नहुँदा विकासका लागि विनियोजन गरिएको बजेटले केही काम नगर्ने बताएका छन् । शुक्रबार विकास अनुगमन तथा कार्यकता भेटघाट गर्न हुम्लाको सदरमुकाम सिमकोट पुगेका मुख्यमन्त्री शाहीले यस्तो धारणा राखेका हुन् ।

‘ग्रामीण क्षेत्रको विकास र विस्तारका लागि घर–घरमा सिंहदरवारको अवधारणा अनुसार तीन तहको सकारको संरचना तयार भए पनि पछिल्लो समय सबैले आफुलाई अधिकार सम्पन्न सरकारका रूपमा लिंदा विकासको कार्यान्वयन चरणमा समस्या देखिएको छ ।’ मुख्यमन्त्री शाहीले भने, ‘तीनै तहका सरकारहरूले एक आपसमा सहकार्य, समन्वय र सहअस्तित्वको भावना राखेर विकास निर्माणका कार्यहरूलाई तिब्रता दिनुपर्छ ।’

टुक्रे योजनाहरूले परिणाममुखी विकास सम्भव नहुने भन्दै शाहीले सामुहिक अपनत्व हुनेखालका योजनाहरूमा लगानि गर्नुपर्ने आवश्यकता रहेको बताए । स्वागत भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहीले आफु विकासको गति बुझ्न मुगु र हुम्लाको स्थलगत अध्ययनमा आएको बताए । उनले भने, ‘प्रदेशका दुर्गम जिल्लामा विकासका कार्यक्रमहरू तल्लोस्तरसम्म पुर्याउनका लागि के कस्ता नीति तथा विधिमा जोड दिनुपर्छ भन्ने एकिन गर्न मलाई यो स्थलगत अध्ययनले सघाउ पुग्नेछ ।’

हुम्लाको नाम्खा गाउँपालिका वडा नं ६ मा पर्ने लिमी लाप्चा क्षेत्रको स्थलगत अध्ययनमा पनि मुख्यमन्त्री शाही जानसक्ने सम्भावना रहेको नेकपा हुम्ला स्रोलले बताएको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु