१८ फाल्गुन २०७७, मंगलवार

काठमाडौंमा १५१२ सहित देशभर २७५३ जनामा कोरोना पुष्टि, १७ को मृत्यु



२२ कार्तिक, काठमाडौं । शनिबार देशभर २७५३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उल्लिखित संख्यामा भाइरस सङ्क्रमण पुष्टि भएको हो ।

काठमाडौं उपत्यकामा आज मात्रै थप १५ सय १२ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

आज थपिएकासहित नेपालमा हालसम्म कोरोना सङ्क्रमित हुनेको संख्या १ लाख ९१ हजार ६ सय ३६ पुगेको छ ।

देशका विभिन्न अस्पतालमा उपचाररत २ हजार २ सय ६ जना भाइरस सङ्क्रमित कोरोना मुक्त भएर घर फर्किएका छन् । यो संख्यासहित हालसम्म कोरोनाबाट मूक्त हुनेको संख्या १ लाख ५५ हजार १ सय १४ पुगेको छ ।

त्यस्तै कोरोनाका कारण आज १७ जना सङ्क्रमितको मृत्यु भएको छ । योसहित कोरोनाका कारण हालसम्म मृत्यु हुनको संख्या १ हजार ८७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु