५ आश्विन २०७८, मंगलवार

कोरोनाका कारण पूर्वसभामुख महराकी पत्नी सीताको निधन



१९ कार्तिक, काठमाडौं । कोरोना भाइरस सङ्क्रमणका कारण पूर्वसभामुख कृष्णबहादुर महराकी पत्नी सीताको निधन भएको छ । निमानिया पछि उपचारका क्रममै पिसिआर परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएकी उनको नर्भिक अस्पतालमा निधन भएको हो ।

विगत १५ दिनदेखि भेन्टिलेटरमा उपचाररत उनको आज बुधबार बिहान ६ बजेर २५ मिनेटमा निधन भएको हो ।

उनी विगत १० वर्षदेखि माइस्थेनिया रोगबाट पीडित थिइन् । श्वासप्रश्वास समस्या देखिएपछि उनलाई कार्तिक १४ गते दाङबाट हेलिकप्टरमा राखेर काठमाडौं ल्याइएको थियो । काठमाडौंको नर्भिक अस्पतालमा उपचाररत उनको आज बिहान निधन भएको छोरा एटमले जानकारी गराए ।

वि.सं. २०१८ साउन १३ मा रोल्पा गजुल धौले गाउँमा जन्मिएकी सीता पनि तत्कालिन जनयुद्धमा प्रत्यक्ष सामेल भएकी थिइन् । महरासँग वि.सं. २०३५ सालमा बैवाहिक सम्बन्धमा जोडिएकी सीताका दुई छोरा र दुई छोरी छन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको