प्रतिनिधिसभा सदस्य एवम् रारा चाउचाउ उत्पादक कम्पनि सञ्चालक केसीको निधन
१८ कार्तिक, काठमाडौं । प्रतिनिधिसभा सदस्य एवम् प्रतिष्ठित व्यवसायी सूर्यबहादुर केसीको निधन भएको छ । केही समयदेखि मधुमेह तथा उच्च रक्तचापको समस्या रहेका केसीको ६३ वर्षको उमेरमा सोमबार राति निजी निवासमा निधन भएको नेपाली कांग्रेस कास्कीका सचिव सुदीपमोहन भट्टराईले जानकारी दिए ।
तीन वर्षअघि प्रतिनिसभा निर्वाचनका समयमा उनी नेपाली कांग्रेसमा प्रवेश गरेकय थिए । केसीले तत्कालीन पोखरा नगरपञ्चायतको प्रधानपञ्चको जिम्मेवारी पनि निभाउनुभएको थिए ।
राष्ट्रिय प्रजातन्त्र पार्टीमा रहँदा केन्द्रीय कोषाध्यक्षको जिम्मेवारी सम्हालेका केसी पहिलो संविधानसभामा संविधानसभा सदस्य निर्वाचित भएका थिए । केसी रारा चाउचाउ, जलविद्युत्लगायत विभिन्न व्यापार व्यवसायमा सलग्न सफल व्यवसायी थिए । सामाज सेवाका क्षेत्रमा समेत उनको महत्वपूर्ण योगदान छ ।
(रासस)