१६ श्रावण २०७८, शनिबार

टिपर दुर्घटनामा ३६ वर्षीय चालकको मृत्यु



१८ कार्तिक, काठमाडौं । सङ्खुवासभाको मकालु गाउँपालिका वडा नम्बर ५ मा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । फाक्सिन्दा दोभानबाट बालुवा लिएर सुरुङतर्फ जाँदै गरेको ना ८ ख ४९९५ नम्बरको टिपर दुर्घटना हुँदा बाराको सिमराजीतपुर उपमहानगरपालिका बस्ने ३६ वर्षीय समबहादुर योञ्जन तामाङको मृत्यु भएको हो ।

उनी निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो आयोजनामा टिपर चालकको रूपमा कार्यरत थिए ।

जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका सूचना अधिकारी सन्तोष बुढाथोकीले सडकदेखि करीब ४०० मिटर तल अरुण नदीको किनारामा टिपर खस्दा चालक तामाङको घटनास्थलमा नै मृत्यु भएको बताइएको छ । टिपर चालक तामाङको गए राति ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ । शव परीक्षणपछि आफन्तको जिम्मा लगाइएको बताइएको छ ।

(रासस)


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु