१२ फाल्गुन २०७७, बुधबार

कोरोना सङ्क्रमित संख्या १ लाख ७९ हजार ६१४, मृतकको संख्या १००० नाघ्यो



१८ कार्तिक, काठमाडौं । पछिल्लो २४ घण्टामा थपिएका ३ हजार ११४ जनासहित नेपालमा कोरोना सङ्क्रमितको संख्या १ लाख ७९ हजार ६ सय १४ पुगेको छ ।

मङ्गलबार मृत्यु भएका २० सहित हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै आज देशका विभिन्न अस्पतालमा उपचाररत ३ हजार १४२ जना सङ्क्रमित कोरोना मुक्त भएका छन् । यो संख्यासहित हालसम्म कोरोना मुक्त हुनेको संख्या १ लाख ४१ हजार १३४ पुगेको छ ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय सङ्क्रमितको संख्या ३७ हजार ४७६ छ । हालसम्म देशभरका विभिन्न प्रयोगशालामा १४ लाख ८० हजारको पिसिआर परिक्षण भएको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु