काङ्ग्रेस नेता मीन विश्वकर्मा कोरोना मुक्त, ६ दिनपछि खुल्यो होस्
१८ कार्तिक, काठमाडौं । नेपाली काङ्ग्रेसका नेता एवम् पूर्वमन्त्री मीन विश्वकर्मा कोरोना सङ्क्रमण मुक्त भएका छन् । विगत ६ दिनदेखि अचेत अवस्थामा भेन्टिलेटरमा उपचाररत विश्वकर्माको होस पनि खुलेको छ ।
कोरोना र निमोनियाका कारण उनको फोक्सोले राम्रोसँग काम गरिरहेको थिएन । अहिले उनको फोक्सोले पनि राम्रोसँग काम गरिरहेको छ ।
काठमाडौंको धापासीस्थित ग्राण्डी अस्पतालमा उपचार गराइरहेका विश्वकर्माका स्वास्थ्यमा क्रमिक सुधार आएको चिकित्सकहरूले बताएका छन् । गत कार्तिक १ गते कोरोना पुष्टि भएपछि विर अस्पताल भर्ना भएका उनलाई श्वासपश्वासमा गम्भिर समस्या देखिएपछि ग्राण्डीमा भर्ना गरिएको थियो ।
नेता विश्वकर्माका सहयोगी आकाश उप्रेतिले भने, ‘उहाँको आज गरिएको पिसिआर परिक्षणको नतिजा नेगटिभ आएको छ । चिकित्सकले हामीलाई दिएको जानकारी अनुसार होस पनि खुलेको छ ।’
यो पनि पढ्नुहोस् :