कर्णाली प्रदेशको आन्तरिक पर्यटन पुनरुत्थान समितिमा भरतबन्धु थापा
१८ कार्तिक, काठमडौं । नेपाल पर्यटन बोर्डले गठन गरेको आन्तरिक पर्यटन पुनरुत्थान समिति कर्णाली प्रदेशको सह–संयोजकमा भरतबन्धु थापा नियुक्त भएका छन् ।
मनघरी फाउण्डेशनका अध्यक्ष एवम् पर्यटन विज्ञ थापा कर्णाली प्रदेशको आन्तरिक पर्यटन पुनरुत्थान समिति सह–संयोजक नियुक्त भएका हुन् ।
वाइल्ड वेस्ट नेपाल(२०१३), एक्सप्लोर फार वेस्ट नेपाल र गन्तव्य कर्णाली (२०१९) फोटो पुस्तकका लेखक थापाले कर्णालीलाई निकै नजिकबाट बुझेका छन् ।
कोरोना महामारीका कारण थला परेको पर्यटन क्षेत्रलाई चलायमान बनाउन नेपाल पर्यटन वोर्डले सात वटै प्रदेशमा आन्तरिक पर्यटन पुनरुत्थान समिति गठन गरेको हो । यि समितिहरूले प्रदेश र स्थानीय तहहरूसँगको सहकार्यमा पर्यटन क्षेत्र पुनरूत्थानका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्नेछन् ।