१३ मंसिर २०७७, शनिबार

अमेरिकी राष्ट्रपति छान्न अन्तरिक्षबाटै भोटिङ्ग



१७ कार्तिक, काठमाडौं । भोली अर्थात् नोभेम्बर ३ मा हुन लागेको अमेरिकाको राष्ट्रतीय निर्वाचनले विश्वकै ध्यान आकर्षण गरिरहेको छ । विश्वकै शक्ति केन्द्र अमेरिकाको राष्ट्रपतीय चुनाव कसले तित्ला भन्ने सन्दर्भमा विभिन्न अड्कलबाजीहरू सार्वजनिक हुँदै आएका छन् ।

केहि दिन अघि कोरोना सङ्क्रमण मुक्त भएका राष्ट्रपति डोनाल्ड ट्रम्प दोस्रो कार्यकालका लागि चुनाव लड्दैछन् । डेमोक्रेटिक पार्टिको प्रतिनिधित्व गर्दै पूर्व उपराष्ट्रपति जो बिडेन ट्रम्पसँग चुनावी प्रतिष्पर्धा गर्दैछन् ।

अमेरिकी नागरिकहरूले विश्वको जुनसुकै स्थानबाट आफ्नो मनपर्ने उम्मेदवारलाई भोट खसाल्न पाउछन् । यस वर्ष अर्लि भोटिङ्ग अन्तर्गत ८ कोरोड बढि नागरिकले राष्ट्रपति निर्वाचनका लागि मत खसालिसकेका छन् ।

बडो रोचक र दूर्लभ प्रसङ्ग त यो भएको छ कि एक महिला अन्तरिक्षयात्रीले पृथ्विभन्दा २ सय माइल माथि रहेको अन्तरिक्ष केन्द्रबाट अमेरिकी राष्ट्रपतीय निर्वाचनमा मत खसालेकी छिन् । पृथ्विको तल्लो कक्षमा घुमिरहेको अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आइएसएस) बाट केट रुबिन्सले अघिल्लो साता मत खसालेको अमेरिकी अन्तरिक्ष संस्था नासाले जनाएको छ ।

अमेरिकी समाचार संस्था सएनएनका अनुसार यसअघि सन् २०१६ मा अन्तरिक्षबाटै मत खसालेकी रुबिन्सले यसपाली दोस्रो पटक मत खसालेकी हुन् ।

नासाका अनुसार अन्तरिक्ष केन्द्रमा रुबिन्सले ‘भविष्यमा क्वान्टम सेन्सरका लागि लेजर कुल्ड एटम्स’ र कार्डियो भास्कुलर सम्बन्धि अनुसन्धान गर्दैछिन् । रुबिन्ससहित अन्य २ जना रुसी अन्तरिक्षयात्रीहरू ६ महिनाका लागि आइएसएसमा अुनसन्धानका लागि बस्दैछन् । उनिहरू गत अक्टोबर त्यहाँ पुगेका हुन् ।

यदि रुबिन्सले खसालेको मत पाएका उम्मेदवार अमेरिकी राष्ट्रपतिमा विजयी बने अन्तरिक्षबाट खसालेको मत उपलब्धिमुलक हुनेछ । आशा गरौँ उनले फेरी अन्तरिक्षबाटै नव निर्वाचित राष्ट्रपतिलाई बधाई लेख्नेछिन् ।

(स्रोतः एजेन्सिको सहयोगमा)


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु