६ आश्विन २०८०, शनिबार

देशभर २९३३ जनामा कोरोना पुष्टि : ३१५० डिस्चार्ज, २४ को मृत्यु



१७ कार्तिक, काठमाडौं । सोमबार देशभर २९३३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उल्लिखित संख्यामा भाइरस सङ्क्रमण पुष्टि भएको हो ।

काठमाडौं उपत्यकामा आज मात्रै थप १६३० जना कोरोना सङ्क्रमित थपिएका छन् ।

आज थपिएकासहित नेपालमा हालसम्म कोरोना सङ्क्रमित हुनेको संख्या १ लाख ७६ हजार ५सय पुगेको छ ।

देशका विभिन्न अस्पतालमा उपचाररत ३ हजार १ सय ५० जना भाइरस सङ्क्रमित कोरोना मुक्त भएर घर फर्किएका छन् । यो संख्यासहित हालसम्म कोरोनाबाट मूक्त हुनेको संख्या १ लाख ३७ हजार ९ सय ९२ पुगेको छ ।

त्यस्तै आज २४ जना सङ्क्रमितको मृत्यु भएको छ । योसहित कोरोनाका कारण हालसम्म मृत्यु हुनको संख्या ९८४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको