१२ आश्विन २०८०, शुक्रबार

११ वर्षीय बालगायक प्रितमलाई ५१ हजार पुरस्कार



१६ कार्तिक, काठमाडौं । झापाको ‘रुद्र–गौरी श्री–अम्बिका ओली प्रतिष्ठान’ले इटहरी–५ का ११ वर्षीय प्रतिभाशाली बालगायक प्रितम आचार्यलाई रु. ५१ हजार १११ राशीसहित पुरस्कृत गर्ने भएको छ ।

प्रतिष्ठानले आचार्यलाई देवी ओली स्मृति राष्ट्रिय बाल पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । प्रतिठानका अध्यक्ष गंगाप्रसाद ओलीले कोभिड १९ को महामारीका कारण पुरस्कार समर्पण गर्ने कार्यक्रम सहज स्थिति भएपछि तय गरिने बताएका छन् ।

इटहरीस्थित विश्व आदर्श एकाडेमीमा कक्षा ७ मा अध्ययनरत आचार्यले पाँच वर्षको उमेरदेखि गीत गुनगुनाउन थालेका थिए । उनले १० वर्षको उमेरमा भारतको जिटीभीद्वारा आयोजित ‘सारेगमप लिटल च्याम्प’ प्रतियोगितामा तेस्रो उपाधि जितेर अन्तर्राष्ट्रिय ख्याति आर्जन गरेका थिए । उनलाई इटहरी उपमहानगरपालिकाले सद्भावना दूत नियुक्त गरिसकेको छ ।

(रासस)


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको