ओलीले प्रचण्डलाई भने ‘पार्टी अलग-अलग बनाएर जाउँ’, के होला नेकपा !
१६ कार्तिक, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओलीले पार्टी अलग बनाएर जान प्रस्ताव गरेको बताएका छन् । बहुमत सचिवालय सदस्यहरूसहित आइतबार आफ्नै निवास खुमलटारमा भएको भेलामा प्रचण्डले प्रधानमन्त्री ओलीले शनिबारको भेटमा पार्टी अलग गर्ने प्रस्ताव राखेको जानकारी गराएका हुन् ।
वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ र गृहमन्त्री समेत रहेका सचिवालय सदस्य रामबहादुर थापा ‘बादल’ आइतबार खुमलटारमा भेला भएका थिए ।
खुमलटार भेलामा सहभागी एक नेताले प्रधानमन्त्रीले पार्टी फुटाउन चाहेको बारे प्रचण्डले भेलामा जानकारी गराएको बताए । उनले भने, ‘प्रधानमन्त्री ओलीले पार्टी र स्थायी कमिटी बैठकको निर्णय मान्दिनँ भन्नुभयो । अब के गर्ने भनेर भेलामा प्रचण्डले ब्रिफ गर्नुभयो ।’ उनले भेलामा सहभागी सचिवालय सदस्यहरूले पार्टी एकताका लागि अन्तिमसम्म प्रयत्न गर्नुपर्ने धारणा राखेको बताए ।
प्रधानमन्त्री निकट स्रोतले भने प्रचण्डले सरकारको नेतृत्व आफुले पाउनु पर्ने अडान लिएपछि समस्या थप बल्झिएको दावी गरेको छ । उता खुमलटार बैठकमा सहभागी नेताले प्रचण्डले सरकारको नेतृत्व माग नगरेको बताएका छन् । बरू प्रचण्डले पार्टी स्थायी कमिटीले गरेको निर्णय कार्यान्वयन हुनुपर्ने अडान लिएको बताइएको छ ।
यो पनि पढ्नुहोस् :