१८ फाल्गुन २०७७, मंगलवार

यतिबेला नेकपाको अस्तित्वमा गम्भिर सङ्कट उत्पन्न भएको छ : महासचिव पौडेल



१६ कार्तिक, काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णु प्रसाद पौडेलले पार्टीको अस्तित्वमा गम्भिर सङ्कट उत्पन्न भएका बताएका छन् । सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै अर्थमन्त्री समेत रहेका पौडेलले पार्टी एकतामा गम्भिर चुनौति थपिएको बताएका हुन् ।

महासचिव पौडेलले ओली र प्रचण्डलाई इङ्गित गर्दै आपसी अन्तरविरोधलाई सहमतिका साथ समाधान गर्न सुझाव दिएका छन् । उनले पार्टी एकताको रक्षाका लागि योगदान गर्न समस्त नेता, कार्यकर्ता र पार्टीका सदस्यहरूलाई अनुरोध समेत गरेका छन् ।

नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको विवाद थप चुलिएपछि नेकपाको एकता प्रकृया अनिश्चिततातर्फ धकेलिएको छ । पछिल्लो पटक कर्णालीका मुख्यमन्त्रीविरूद्ध नेकपाकै सांसदहरूले अविश्वासको प्रस्ताव दर्ता गराएपछि बल्झिएको विवादले नेकपामा थप दरार उत्पन्न भएको छ । अध्यक्ष प्रचण्ड अर्का अध्यक्ष एवम् प्रधानमन्त्री ओलीको पार्टी र सरकार सञ्चालनको शैलिप्रति रूष्ट बन्दै गएका छन् ।

महासचिव पौडेलको धारणाको सार बुझ्दा कतै नेकपा फुटको संघारमा पुगेको हैन ? भन्ने प्रश्न आम रूपमा उब्जिएको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु