१३ मंसिर २०७७, शनिबार

पुष्पलाल लोकमार्गमा १० आधुनिक शहर बन्दै



१६ कार्तिक, काठमाडौं । शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले विभिन्न १० आधुनिक शहर निर्माणको कामलाई तीव्रता दिइएको बताएका छन् । विश्व शहरीकरण दिवसका सन्दर्भमा आज पत्रकारसँग कुरा गर्दै राज्यमन्त्री मानन्धरले पुष्पलाल (मध्यपहाडी) लोकमार्गअन्तर्गत विभिन्न १० स्थानमा शहर बन्न लागेको बताएका हुन् ।

पूर्वाधारसहितको आधुनिक र व्यवस्थित शहरीकरण जनताको समृद्धिको सपनासँग जोडिएको विषय भएकाले प्राथमिकता दिइएको राज्यमन्त्री मानन्धरले बताए । उनले भने, ‘राजधानी उपत्यकालाई आधुनिक शहरीकरणसँगै संस्कृति र सभ्यताको सुन्दर शहर बनाउन मन्त्रालयले गुरुयोजना बनाएको छ । नदी किनार भएर करिडोर निर्माणलाई पनि गति दिइएको छ ।’

सुन्दर शहरका लागि फोहर व्यवस्थापन पहिलो शर्त भएको बताउँदै उनले पचासौँ वर्षका लागि योजनासहित बञ्चरेडाँडामा ल्याण्डफिल्ड सञ्चालनमा आउन लागेको जानकारी पनि दिए ।

(रासस)


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु