१४ जेष्ठ २०८०, आईतवार

बालिका बलात्कारको आरोपमा दुई पक्राउ



१५ कार्तिक, काठमाडौं । ताप्लेजुङमा दुई बालिकामाथि जबर्जस्ती करणीको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

आफ्नै नाता पर्नेबाट करणीको प्रयास भएको जाहेरीका आधारमा प्रहरीले २ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

पक्राउ पर्नेमा सिदिङ्वा ४, साब्लाखु मादिबुङ बस्ने १८ वर्षीय आइन्द्रहाङ लिम्बू र आठराइ त्रिवेणी गाउँपालिका २ बस्ने २५ वर्षीय बालकृष्ण माबो लिम्बू छन् । घटनाबारे थप अनुसन्धान भइरहेका ताप्लेजुङ प्रहरीले जनाएको छ ।

(रासस)


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको