२१ मंसिर २०७८, मंगलवार

राससका महाप्रबन्धक ओपेन्द्र शर्मालाई कोरोना सङ्क्रमण



१५ कार्तिक, काठमाडौं । राष्ट्रिय समाचार समिति (रासस)का महाप्रबन्धक ओपेन्द्र शर्मालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । उनको परिवारका सदस्यलाई पनि केही दिनअघि कोरोना सङ्क्रमण पुष्टि भएको थियो । महाप्रबन्धक शर्मा अहिले होम आइसोलेशनमा छन् ।

स्वास्थ्यसम्बन्धी सबै मापदण्ड पालना गर्दागर्दै आफू सङ्क्रमित हुन पुगेको बताउँदै शर्माले आफूसँग सम्पर्कमा आएका सबैलाई आइसोलेशनमा रहन र आफ्नो स्वास्थ्यको ख्याल राख्न आग्रह गरेका छन् । स्वास्थ्य मापदण्ड पालना गर्दै उनी नियमित कार्यालयमा उपस्थित हुदै आएका थिए ।

महाप्रबन्धक शर्मासँगै उनका चालक लीलाराम देवकोटालाई पनि आजै सङ्क्रमण पुष्टि भएको छ र उनी पनि होम आइसोलेशनमा बसिसकेका छन् । उनीहरू दुवैलाई शरीर दुख्ने, खोकी लाग्नेजस्ता कोरानाका सामान्य लक्षण देखिएका छन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको