कुमार विकको खुट्टा छिनाल्ने २ जना सार्वजनिक
१४ कार्तिक, काठमाडौं । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ नवललपुर निवासी कुमार विकमाथिको साङघातिक आक्रमणमा संलग्न भएको आरोपमा पक्राउ परेका २ जनालाई प्रहरीले सार्जजनिक गरेको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १६ उत्तर कुररीया निवासी २२ वर्षीय पवन चौधरी र तुलसीपुर–१० पढ्ढा निवासी २४ वर्षीय अमृत चौधरीलाई तुलसीपुर प्रहरीले शुक्रबार सार्वजनिक गरेको हो ।
घटना लगत्तै प्रहरीले गोलौरी आसपासका ३३ जना युवाहरूलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको यियो ।
४५ वर्षीय विकलाई बायाँ खुट्टा छिनालिएको अवस्थामा प्रहरीले सोमबार मध्यराति उद्धार गरेको थियो । कार्तिक १० गते सोमबार राति बिहे भोज खाएर फर्किदै गरेका विकलाई अपरिचित समूहले तुलसीपुर १० गोलौरीमा धारीलो हतियारले आक्रमण गरी खुट्टा छिनालिदिएको थियो । बिकका दुबै हात धारिलो हतियारले छियाछिया हुनेगरी काटिएका थिए ।
राप्ति प्रादेशिक अस्पताल तुलसीपुर प्रारम्भिक उपचार पछि गम्भिर घाइते बिकलाई सोमबार राति नै थप उपचारका लागि बाँके रिफर गरिएको थियो । बाँकेमा पनि प्रभावकारी उपचार सम्भव नभएपछि बिकलाई मङ्गलबार थप उपचारका लागि भारतको लखनउतर्फ लगिएको छ ।