१३ मंसिर २०७७, शनिबार

हुम्लामा जटामासीबाट बीस करोड आम्दानी



समर हुम्ली

१४ कार्तिक, हुम्ला । हुम्लाका यो वर्ष बीस करोडभन्दा बढिको जटामासी सङ्कलन भएको छ । यसबाट स्थानीय गाउँ–ठाउँमा केही मात्रामा भए पनि अर्थ चलाएमान हुने आशा गरिएको छ ।

डिभिजन वन कार्यालय हुम्लामा वन विभागबाट आएको जटामासी संकलन र निकासीको परिपत्रलाई आधार मान्दा यो वर्ष ३३४ टन जटामासी संकलन गरिने भएको छ । साउन यता परिपत्रमा उल्लेख भए अनुसारको ७५ प्रतिशत जटामासी सङ्कलन भएको देखिन्छ । यसमध्ये ५० प्रतिशत सिमकोटमा पुगीसकेको डिभिजन वन कार्यालय हुम्लाका निमित्त कार्यालय प्रमुख निरज झाले बताएका छन् ।

जटामासी सङ्कलनका लागि वन विभागमा प्रति केजी ५० रुपैयाँ राजस्व जम्मा गरी वन नीति नियमानुसारको प्रक्रिया पुरा गरेपछि निकासी पुर्जी पाइन्छ । यो वर्ष हुम्लामा जटामासी संकलन गर्ने हालसम्म दुई दर्जन फर्म पुगेका छन् ।

गाउँका सामुदायिक तथा राष्ट्रिय वनका सम्बन्धित कार्यालयबाट लिइएको संकलन तथा निकासी पूर्जीको आधारमा जटामासी संकलन गर्ने नभई पेश्की दिए अनुसार जटामासी संकलन हुने गरेको विभिन्न जडिबुटी ब्यापारीहरूले बताएका छन् । तर गाउँबाट सिमकोट ल्याउँदा भने उक्त पुर्जी प्रयोग गरिन्छ ।

गाउँ–गाउँमा यसरी वैधानिक र अवैधानिक रूपमा नाम, काम र दाम खर्च गरेर जटामसी सङ्कलन गर्ने काम भइरहेको छ । तर यसको संरक्षण सम्बद्र्धन प्रचार–प्रसारमा कसैले ध्यान नदिएको भन्दै स्थानीय संरक्षणकर्ताहरूको दुःख व्यक्त गरेका छन् ।

हाल हुम्ला जिल्लाका विभिन्न स्थानहरूबाट सङ्कलन गरिएको जटामासीको लेखाजोखा गर्दा वनबाट गाउँ र गाउँबाट सिमकोट विमानस्थलसम्म पुगाउनका लागि प्रति केजी ६ सयसम्म खर्च हुने देखिएको छ । यो हिसाबले हुम्लामा बीस करोडभन्दा धेरैको जटामासी सङ्कलन भएको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु