६ आश्विन २०८०, शनिबार

देशभर ३५१७ जनामा कोरोना पुष्टि, ४०९६ डिस्चार्ज



१४ कार्तिक, काठमाडौं । काठमाडौं उपत्यकामा १८८८ सहित देशभर ३५१७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार उल्लिखित संख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

आज थपिएकासहित नेपालमा हालसम्म कोरोना सङ्क्रमित हुनेको संख्या १ लाख ६८ हजार २ सय ३५ पुगेको छ ।

देशका विभिन्न अस्पतालमा उपचाररत ४ हजार ९६ जना भाइरस सङ्क्रमित कोरोना मुक्त भएर घर फर्किएका छन् । यो संख्यासहित हालसम्म कोरोनाबाट मूक्त हुनेको संख्या १ लाख २८ हजार ९ सय ५८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १६ जना सङ्क्रमितको मृत्यु भएको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको