२० जेष्ठ २०८०, शनिबार

हामीले घोषणा पत्रमा गरेका प्रतिवद्धताहरू भन्दा पनि बढि काम गरेका छौं: सूर्यबहादुर शाही



दैलेख जिल्ला चामुण्डाविन्द्रासैनी नगरपालिकाका प्रमुख एवम् नेपाल नगरपालिका संघका केन्द्रीय सदस्य सूर्यबहादुर शाहीसँग नगरपालिकाको विकास निर्माण लगायत समग्र कामका विषयमा रारापाटी डटकमले गरेको अन्तरवार्ताः

कोरोना कहरका बीचमा तपाईंको नगरपालिकाले विकास निर्माणका कामहरू कसरी अगाडि बढाइरहेको छ ?

कोराना महामारीका सन्दर्भमा मानिसहरूका बुझाई फरक–फरक रहेको पाइन्छ । कोरोनालाई कतै अतिरञ्जित फोवियाको रूपमा बुझिएको छ त कतै केहि पनि होइन भनी सामान्य रूपमा बुझिएको छ । म दुवै खाले कुरालाई अस्विकार गर्छु । सावधान त हुनैपर्छ । विकास निर्माणमा कोराना महामारीको असर परे तापनि हामीले विकास निर्माणका कुनैपनि काम रोकेका छैनौं । अहिले पनि हाम्रो नगरपालिकामा भौतिक पुर्वाधार निर्माणका कामहरू भइरहेका छन् । हाम्रा नगरवासीहरू कोरोनाबाट आतङ्कित होइन सर्तक छन् ।

यहाँको नगरपालिकामा कोरोना महामारीको प्रभाव कस्तो रहेको छ ? कोरोना नियन्त्रणका लागि के कस्ता काम गरिरहनु भएको छ ?

हाम्रो नगरपालिकामा कोरोनाको खासै प्रभाव छैन । हाम्रै पालिकामा ५०–६० जना राखेर उपचार गरिएको छ । केहि दिर्घ रोगीहरूलाई सुर्खेतसम्म उपचारका लागि पठाइएको छ । कोरोनाको कारणले कुनै अप्रिय घटना पनि भएको छैन ।

कोरानासँग सावधानी अपनाउँदै बच्नका लागि हामीले २०७६ चैत्र महिनादेखि नै डाक्टरहरू, प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समिति प्रमुख, सुरक्षा प्रमुख, स्वास्थ्यकर्मीहरू, विद्यालयका प्रधानाध्यापकहरू तथा नगरका जनप्रतिनिधिका बीचमा बृहत् अन्तरक्रिया गरी कार्ययोजना बनायौं । प्रत्येक घरदैलोमा हामी स्वास्थ्य सामाग्री वितरण तथा जनचेतना जगाउने काम गरेका छौं । प्रत्येक वडामा हामीले ५० जना स्वयंसेवकहरू परिचालन गरेका छौं । सबै निर्वाचित जनप्रतिधि, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, शहरी स्वास्थ्य क्लिनिकका कर्मचारीहरूलाई जिम्मेवारी तोकेर परिचालन गरिएको छ । एम्बुलेन्स सेवा र नगर बसलाई हाई अलर्टमा राखिएको छ । यसरी हामीले कोरोनाको बारेमा जनतालाई बुझाउन सफल भएका छौं । कोरोनाको निश्चित् औषधी पनि नभएको हुँदा हामीले नगरवासीहरूलाई व्यवस्थित ढङ्गले एलोपेथिक र आर्युवेदिक औषधीको प्रयोगसँगसँगै योगा र खानपानलाई विशेष ध्यान दिन लगाएका छौं ।

तपाईंले निर्वाचन ताका घोषणा–पत्र अनुसार जनतासँग गरेका बाचा प्रतिवद्धताहरू के–कति पुरा गर्न सक्नु भएको छ ? ती मध्ये महत्वपूर्ण कामहरू के–के हुन् ?

स्थानीय तहको निर्वाचन ताका २९ प्रतिशत मात्र रहेको हाम्रो जङ्गल अहिले ४२ प्रतिशत पुगेर हराभरा भएको छ । हामीले गत वर्ष मात्र २२ हजार मेललाई कलमी गरेर नासपती बनाएका छौं । यो वर्ष मात्र हामीले ८–९ हजार चिउरीका बिरुवाहरू वृक्षरोपण आफ्नै नर्सरीबाट गरेका छौं । १ हजार ८ वर पिपल रोपणको नीति पनि हामीले लिएर १५–१६ सय वर–पिपलका बिरुवा हामीले रोपेका छौं । आउ, खाउ र लिएर जाउँ भन्ने हाम्रो नारा छ । अव हामीले लाखौं बोट बिरुवालाई कलमी गर्यौं भने जाम, जेरी, जुस बनाएर बिक्री गरिनेछ । यो राष्ट्रिय स्तरमै चर्चा गर्न लायक काम हामीले वन वातावरणको क्षेत्रमा गरेका छौं ।

हामीले सबै वडा कार्यालय र माध्यमिक तहका विद्यालयहरूमा सडक सञ्जालले जोड्ने भनेका थियौं जुन अहिले सबै वडा र माध्यमिक तहका विद्यालयहरूमा सडक सञ्जाल पुर्याउने काम भइसकेको छ । एउटा माध्यमिक विद्यालयलाई नमुना विद्यालय बनाउने भनिएकोमा अहिले चामुण्डा माध्यमिक विद्यालयलाई नमुना माध्यमिक विद्यालय घोषणा गरिसकिएको छ । चामुण्डा नमुना माध्यमिक विद्यालयमा ३ वर्षे बाली विज्ञान पनि सुरु गरेका छौं । कर्णाली प्रदेशकै ठुलो डिपिआर पनि तयार गरिएको छ । शैक्षिक क्षेत्रमा कर्णाली प्रदेशमै नमुनायोग्य कार्य भइरहेको छ । पाठ्यक्रम र अभिभावक शिक्षामाला निर्माण गरी प्रकाशन गर्ने तयारीमा छौं । कर्णाली प्रदेशमै सबैभन्दा पहिला सबै विद्यालयमा बाल शिक्षा व्यवस्थित गर्ने पालिका हाम्रो नै हो ।

स्वास्थ्य क्षेत्रमा पनि प्रत्येक वडामा शहरी स्वास्थ्य क्लिनिक खोली कर्मचारी व्यवस्थापन गरेर ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गर्ववती महिला, नवजात शिशुलाई घरदैलोमा स्वास्थ्य परिक्षण तथा परामर्श दिने काम समेत हाम्रो नगरपालिकाले गरेको छ । यसका साथै प्रत्येक स्वास्थ्यकर्मी र निर्वाचित जनप्रतिनिधिहरूले घर आँगनमा जडिबुटि लगाउने र प्रयोग गर्ने गरिरहनु भएको छ ।

हामीले हाम्रो घोषणा पत्र अनुरूप वडा नं. १ को पुनडाँडा र अर्को भोटेको चौतारोमा बसपार्क निर्माणाधिन छ । हामीले साङ्घेताडादेखि पाल्तसम्मको सडकलाई नगरको रणनैतिक महत्वको सडकका रूपमा अगि सारेका थियौं जुन तिव्र गतिमा निर्माण भइरहेको छ । तिव्र रूपमा विद्युतिकरणको काम अगि बढिरहेको छ । हाम्रो नगरपालिकामा शान्ति सुरक्षाको अवस्था अहिले जस्तो छ त्यस्तो विगतमा थिएन । जड्याहा र गुण्डागर्दी गर्नेहरूको विगविगी थियो त्यो अहिले शुन्य अवस्थामा झरेको छ । मानिसहरूले शान्तसँग हिँडडुल गर्न र आफ्नो दैनिक कामधन्दा गर्न पाएका छन् ।

यो देशमै निर्वाचित जनप्रतिनिधिहरू जनताका पहरेदार मात्र होइनन् बोट बिरुवा, पशुपंक्षिको चौकिदार पनि हुन् भन्ने नाराका साथ ‘एक निर्वाचित जन प्रतिनिधि एक प्रतिनिधि संरक्षित जङ्गल’ घोषणा गरेर कार्यविधि र ऐन ल्याएर कार्यान्वयमा लागेका छौं । यसैको परिणामस्वरूप अहिले करिव ९० प्रतिशत जति छाडा पशुहरू व्यवस्थापन गर्न हामी सफल भएका छौं । स्थानीय तहको निर्वाचन ताका २९ प्रतिशत मात्र रहेको हाम्रो जङ्गल अहिले ४२ प्रतिशत पुगेर हराभरा भएको छ । हामीले गत वर्ष मात्र २२ हजार मेललाई कलमी गरेर नासपती बनाएका छौं । आउ, खाउ र लिएर जाउँ भन्ने हाम्रो नारा छ । अव हामीले लाखौं बोट बिरुवालाई कलमी गर्यौं भने जाम, जेरी, जुस बनाएर बिक्री गरिनेछ । यो राष्ट्रिय स्तरमै चर्चा गर्न लायक काम हामीले वन वातावरणको क्षेत्रमा गरेका छौं ।

एक वडा एक नर्सरीको नीति लिएका छौं । जस अन्तर्गत वडा नंं. १ मा ओखर नर्सरी, वडा नं. ४ मा एवोकाडो नर्सरी, वडा नं. ८ मा सिट्रस जातका कागतीलगायत फलफूलको नर्सरी, वडा नं. ७ मा वर, पिपल, चिउरीलगायतका अन्य रैथाने बोट बिरुवाहरूको उत्पादन तथा विक्रि वितरण गरेका छौं । हाम्रो नगरपालिका आयमूलक जैविकमैत्री हरियाली सडक निर्माणको अवधारणाका साथ अगि बढिरहेको छ । जङ्गललाई आयमूलक जंगल बनाउनु पर्दछ । कुनैबेला हाम्रो भारत वर्षमा नन्दन वन, काम्यक वन, अशोक वनमा वाह्रै महिना फल्ने फल र फूलका जङ्गल हुन्थे । हामी प्रत्येक वडामा त्यस खालका वन बनाउन सक्छौं भन्ने नीतिका साथ वडा नं. १ को जङ्गलमा ओखर रोपेका छौं, वडा नं. ६ मा केरा आँप, लप्सी, र अम्बा रोपेका छौं, वडा नं. ५, ७ र ८ मा चिउरीका बोटहरू रोपिएको छ । चिउरीलाई हामीले रुख भैसी भन्ने गरेका छौं । भैसीले पनि दुध, घ्यू, मल दिन्छ भने चिउरीले पनि यी सबै र यसका अलावा माहुरीको आहारा पनि दिने भएकाले हामीले चिउरीलाई रुख भैसी भनेका हौं । यो वर्ष मात्र हामीले ८–९ हजार चिउरीका बिरुवाहरू वृक्षरोपण आफ्नै नर्सरीबाट गरेका छौं । माध्यमिक तहका विद्यालयहरू सबै भौतिक पूर्वाधारले सम्पन्न गर्दैछौं । रैथाने बिऊ विजनको सङ्कलन केन्द्र बनाई तिनको संरक्षण र प्रवद्र्धनमा पनि हामी लागेका छौं । १ हजार ८ वर पिपल रोपणको नीति पनि हामीले लिएर १५–१६ सय वर–पिपलका बिरुवा हामीले रोपेका छौं ।

कर्णाली प्रदेशकै सबैभन्दा ठुलो नगर पार्क निर्माण पनि हाम्रो नगरपालिकाले गरेको छ । २ सय रोपनीभन्दा बढि क्षेत्रफलमा फैलिएको उक्त पार्कको ३ किलोमिटरको पर्खाल निर्माण कार्य सम्पन्न भइसकेको छ । त्यसको वरिपरि हामीले केतुकी रोपेका छौं, भित्री भागमा कुइयसी, गुलावलगायतका काँडा प्रजातीका विरुवा रोपेका छौं । यस पार्कलाई नेपालकै मौलिक जैविक पार्कका रूपमा निर्माण गर्ने दिशामा हामी छौं । त्यहाँभित्र हामीले पर्माकल्चर विधिमा पार्कलाई विकास गर्ने नीति लिएका छौं । कर्णाली प्रदेशकै पर्यटन पूर्वाधारमा १५ सय २० किलोग्रामको घण्ट, स्थानीय कालिगढले बनाएका ९ फिट अग्ला तरबारहरू बनाएका छौं । यो वर्ष सङ्ग्राहलय बनाएर छिट्टै सम्पन्न गर्ने दिशामा उन्मुख छौं । १५ सैयाको अस्पताल स्वीकृत भई भर्खरै १ करोडको टेण्डर बोलपत्र आह्वान सुरु हुँदैछ । स्वास्थ्य क्षेत्रमा १५ सैयाको अस्पतालको घोषणा गरेका थियौं त्यो पुरा भएको छ । हामीले खानेपानीका क्षेत्रमा मुझुवा खानेपानीका अलावा कर्णाली प्रदेशकै ठुलो लिफ्ट खानेपानी आयोजना पनि सुरु गरेका छौं । हाम्रो यहि कार्यकालमा त्यो पनि सम्पन्न गर्ने हिसावले त्यही गतिमा काम अगि बढेको छ । शिक्षा, स्वास्थ्य, खानेपानी, यातायात, विद्युतिकरणलगायत तमाम क्षेत्रमा हामीले हाम्रो घोषणा पत्रमा गरेका वाचा प्रतिवद्धताहरू भन्दा बढि काम गरेको छौं ।

चामुण्डाविन्द्रासैनी नगरपालिकाका लागि समस्या र चुनौती के-के हुन् ?

राम्रोलाई राम्रो भन्न नसक्ने मनोविज्ञान पहिलो समस्या हो । सिंहदरबार गाउँमा गयो त भनियो तर अनुभव, साधन, स्रोत, कर्मचारीको अभाव दोस्रो समस्याका रूपमा रहेको छ । हामीलाई उपलब्ध स्रोत साधनको तुलनामा जनताका अपेक्षाहरू एकदमै धेरै छन् । तेस्रो स्थानीय तहलाई काम गर्नका लागि ठोस काम गर्नलाई जति बजेट चाहिने हो त्यस मात्रामा बजेट उपलब्ध छैन् । यी यस्ता समस्याहरू समयक्रमसँगै सुल्झिँदै जान्छन् । हामी निराश होइन धेरै पाटाहरू आशावादी हुने ठाउँ छ ।

२०४६ यता बहुदल भनेकै बिरोध गर्ने परम्परा एक अर्कालाई सिक्ने र सिकाउने गर्यौं । यो नै मुख्य समस्या र चुनौती हो । राम्रोलाई राम्रो भन्न नसक्ने मनोविज्ञान पहिलो समस्या हो । सिंहदरबार गाउँमा गयो त भनियो तर अनुभव, साधन, स्रोत, कर्मचारीको अभाव दोस्रो समस्याका रूपमा रहेको छ । हामीलाई उपलब्ध स्रोत साधनको तुलनामा जनताका अपेक्षाहरू एकदमै धेरै छन् । तस्रो स्थानीय तहलाई काम गर्नका लागि ठोस काम गर्नलाई जति बजेट चाहिने हो त्यस मात्रामा बजेट उपलब्ध छैन् । जस्तो हाम्रो नगरपालिकामा भौतिक पूर्वाधारमा १०–१२ करोड मात्र अहिले विनियोजित गरेको छ । जबकी एउटै कोल्ड स्टोर बनाउन १४–१५ करोड खर्च लाग्छ, एउटा बाटो बनाउन अरब लाग्छ, विद्युतिकरणको कामलाई अगाडि बढाउन १०–१५ करोड लाग्छ, अस्पताल बनाउन ८–१० करोड खर्च लाग्छ । त्यसैले अहिले पनि नेपाली जनताको चाहना रकेट स्पिट खोजिरहेको छ भने हामी रेलको गतिमा पनि छैनौं ।

नेपाली जनतालाई हामीले जति महत्वाकाँक्षी बनायौं तदअनुरुपको हामीसँग संयन्त्र, अभ्यास, पद्धतिको विकास गर्न सकिरहेका छैनौं । यी चुनौतीहरू हुन् यद्यपी नेपालीहरूको साथ दिने परम्परा छ । हामीले चालेको अभियानमा पनि जनताले साथ दिएका छन् । यस्ता खालका समस्या र चुनौतीहरू आम रूपमा नेपालमै छन् भन्ने मलाई लाग्छ । यी यस्ता समस्याहरू समयक्रमसँगै सुल्झिँदै जान्छन् । हामी निराश होइन धेरै पाटाहरू आशावादी हुने ठाउँ छ । मलाई यो समस्याभन्दा पनि सहजताका साथ काम गरिरहेको महशुस भएको छ ।

तपाईंले चामुण्डाविन्द्रासैनी नगरपालिकाको विकासको प्राथमिकता कसरी निर्धारण गर्नु भएको छ ?

कुनै एक क्षेत्रलाई मात्र प्राथमिकिकरण गरेर जान सक्ने अवस्था छैन् । हामीले कृषिलाई प्राथमिकिकरण गर्यौं भने शिक्षालाई इन्कार गर्न मिल्दैन, शिक्षालाई मात्र हामीले जोड गर्यौं भने स्वास्थ्यलाई इन्कार गर्न मिल्दैन् । त्यसकारण हामीले कृषि, शिक्षा, स्वास्थ्य, यातायात, खानेपानीलाई क्रमशः प्राथमिकिकरण गरेका छौं । हामीले हाम्रो नगरपालिकालाई अत्यन्त सन्तुलित विकासको अवधारणा अुनुरुप अगाडि सारेका छौं ।

तपाईंहरूको कार्यकाल सकिन पनि करिव डेढ वर्ष बाँकी छ । यस बीचमा काम गर्ने कार्ययोजना कसरी बनाउनु भएको छ ?

अहिले कोभिड–१९ को प्रभावबाट बेरोजगार भएका नगरबासीहरूलाई रोजगारी कसरी सिर्जना गर्ने भन्ने कुरामा गम्भीर छौं । बेरोजगारहरूलाई रोजगारी, खान बस्न समस्या भएकाहरूलाई खान बस्नको उचित प्रबन्ध मिलाउने, उपचार गर्न नसक्नेहरूलाई उपचारको व्यवस्था गर्ने कुरा हाम्रो पहिलो प्राथमिकतामा छन् । त्यसपछि क्रमैसँग कृषि, शिक्षा, खानेपानी, यातायात, विद्युत, सडक निर्माणका कामहरू हाम्रा कार्ययोजनामा छन् ।

राज्य पुनर्संरचना भई स्थानीय तह बनिसकेपछि जनताका दैनन्दिन समस्याहरूमा साक्षात्कार भइरहेको एउटा महत्वपूर्ण पाटो छ भने अर्कोतर्फ कतिपयले स्थानीय तहकै कारण समाज नै भ्रष्टीकरण तर्फ गयो भन्ने गर्छन्, यसमाथि यहाँको के टिप्पणी छ ?

सामाजिक कुराहरूभन्दा ब्यक्तिगत कुराहरूलाई महत्व दिने आत्मकेन्द्रित हुने समस्या छ । जतिसुकै विद्यालयहरू बनुन्, सडकहरू बनुन्, जतिसुकै विद्युतिकरण होस् तर व्यक्तिगत हिसाबले मानिस केहि पाएन भने केहिपनि भएन भन्छ । गलत कुराको बिरोध गर्ने भन्दा पनि विरोधका लागि विरोध गर्ने प्रवृत्ति घातक छ ।

पहिलो त बहुदल भनेकै बिरोध हो भन्ने बुझ्यौ गर्यौ । अर्को सामाजिक कुराहरूभन्दा ब्यक्तिगत कुराहरूलाई महत्व दिने आत्मकेन्द्रित हुने समस्या छ । जतिसुकै विद्यालयहरू बनुन्, सडकहरू बनुन्, जतिसुकै विद्युतिकरण होस् तर व्यक्तिगत हिसाबले मानिस केहि पाएन भने केहिपनि भएन भन्छ । गलत कुराको बिरोध गर्ने भन्दा पनि विरोधका लागि विरोध गर्ने प्रवृत्ति घातक छ । नेपालीहरू पनि देश बिदेश पुगे, त्यहाँको विकास देखे र आफ्नो देशको पनि छिट्टै विकास होस् भन्ने चाहन्छन् तर विकास गर्नु पर्दा मैले होइन अरुले पाउनु पर्दा अरुले होइन मैले भन्ने मनोविज्ञान छ ।
जनताका दैनन्दिनका जनजीविकाका समस्याभन्दा पनि तपाईंहरूले ठुल्ठुला घण्ट, बञ्चरा, तरबारहरू बनाउन ठुलो धनरासी खर्चिनु भयो भनी विरोध गरिरहेको पाइन्छ, यस विषयमा यहाँको के प्रतिक्रिया छ ?

पहिलो नगरसभाबाट हाम्रो नगरपालिकाले विभिन्न उद्योगहरू सञ्चालन गर्नुपर्छ भन्ने कुरा निर्णय गर्यो र त्यसमा पर्यटन पुर्वाधार पनि एउटा उद्योग हो भन्ने कुरामा हामी एकमत भयौं । त्यसलाई नेपाल मजदुर किसान पार्टी, नेपाली काँग्रेसलगायत सबैले सर्वसम्मत कार्यपालिका र नगरसभाबाट पास गरेर बजेट विनियोजन गर्यौं । जहाँ सर्वसम्मत निर्णय गर्यौं अहिले विरोध मेरो हुन्छ । जहाँ कसैको नोट अफ डिसेन्ट र कमेन्ट छैन । बाहिर केहि मानिसले विरोध उद्योग चलाई विरोध गरिरहेका छन् ।

पहिलो नगरसभाबाट हाम्रो नगरपालिकाले विभिन्न उद्योगहरू सञ्चालन गर्नुपर्छ भन्ने कुरा निर्णय गर्यो र त्यसमा पर्यटन पुर्वाधार पनि एउटा उद्योग हो भन्ने कुरामा हामी एकमत भयौं । त्यसलाई नेपाल मजदुर किसान पार्टी, नेपाली काँग्रेसलगायत सबैले सर्वसम्मत कार्यपालिका र नगरसभाबाट पास गरेर बजेट विनियोजन गर्यौं । बञ्चरो त बनेको छैन्, कर्णाली प्रदेशकै विशाल घण्ट र स्थानीय कालिगढले बनाएका ठुला तरबारहरू निर्माण भइसके । हामीले अन्य उद्योगहरू पनि खोल्ने भनेका थियौं । इन्टरलट इट्टाको उद्योग पनि हाम्रो नगरपालिकामा छ । हामीसँग कुखुराको दाना उद्योग छ । अहिले हाम्रो नगरपालिकाबाट सुर्खेतमा दुध पठाइरहेका छौं । अन्य उद्योग पनि सञ्चालनका लागि जुटिरहेका छौं । यसका साथसाथै पर्यटन पूर्वाधार पनि एउटा उद्योग हो । जहाँ सर्वसम्मत निर्णय गर्यौं अहिले विरोध मेरो हुन्छ । जहाँ कसैको नोट अफ डिसेन्ट र कमेन्ट छैन । बाहिर केहि मानिसले विरोध उद्योग चलाई विरोध गरिरहेका छन् । एउटा कुरा के हो भने अहिलेसम्म कसैले गरेन हाम्रा पालामा सुरु भएको हुनाले कसैलाई नगरेकोमा पश्चाताप् होला, कसैले बुझेर विरोध गरेका छन् कसैले नबुझेर गरेका छन् । यो कसैको विरोध गर्ने पनि एउटा उद्योग हो ।

स्थानीय तहहरूमा पदाधिकारीहरू र सदस्यहरू बीचमा सामुहिक रूपमा काम गर्ने संस्कार कम भएको देखिन्छ, तपाईंहरूको नगरपालिकामा सामुहिक सहकार्यको संस्कार कस्तो रहेको छ ?

केहि अनुभव र अभ्यासका कारणले हुने सानातिना मतमतान्तर बाहेक हामीहरूकोमा कुनैखाले समस्या छैन् । यदि चामुण्डाविन्द्रासैनी नगरपालिकाको सामुहिक सहकार्य नभएको भए यतिका धेरै काम हुन सक्दैनथे । हामी कतिपय सुचकाङ्कमा यो देशमै अगाडि छौं भने कतिपयमा कर्णाली प्रदेशमै अगाडि छौं । हामीले ल्याएका नीति तथा कार्यक्रमहरू अरुका लागि पनि अनुकरणिय हुँदै गएका छन् ।

चामुण्डाविन्द्रासैनी नगरपालिकामा सत्तापक्ष र विपक्षी पार्टी बीचको सम्बन्ध कस्तो रहेको छ ?

हामी कहाँ तिक्ततापूर्ण सम्बन्ध छैन् । कहिले काहिँ बहुदलिय रङ देखिनु स्वभाविक हुन्छ । सामाजिक विकासका लागि खासै मतभेद छैन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको