१४ जेष्ठ २०८०, आईतवार

पत्रकार रबी लामिछाने दम्पतिलाई कोरोना सङ्क्रमण



१३ कार्तिक, काठमाडौं । पत्रकार रबी लामिछाने र उनकी पत्नी निकीता पौडेललाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । सामान्य लक्षण देखिएपछि बुधबार गरिएको पिसिआर परिक्षणमा लामिछाने दम्पतिलाई कोरोना सङ्क्रमण देखिएको हो ।

सामाजिक सञ्जाल फेसबुकमा लेख्दै लामिछानेले मङ्गलबार रातिबाट ज्वरो आएपछि बुधबार पिसिआर परिक्षण गर्दा पत्नी निकाता र आफ्नो रिपोर्ट पोजेटिभ आएको जानकारी गराएका छन् । उनले केही पेशागत क्रियाकलाप र केही आफ्नै लापरबाहीका कारण भाइरस सङ्क्रमण भएको हुनसक्ने अड्कल गरेका छन् ।

सम्पूर्णलाई सुरक्षित र सजग रहन आग्रह गर्दै लामिछानेले लेखेका छन्, ‘घरमा हामी दुई मात्र छौं त्यसैले धेरै समस्या छैन तर घरमा बृद्ध अबस्थाका सदस्यहरू हुनेले बिल्कुल लापरबाही नगरौं ।’


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको