२२ जेष्ठ २०८०, सोमबार

प्रचण्डलाई फकाउने र नेपाललाई लोभ्याउने कसरतमा प्रधानमन्त्री ओली



१३ कार्तिक, काठमाडौं । नेकपाको कर्णाली विवादपछि प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको विवाद थप उत्कर्षमा पुगेको छ । अध्यक्ष प्रचण्डसँग सम्बन्ध बिग्रिदै गएपछि प्रधानमन्त्री ओलीले वरिष्ठ नेता माधवकुमार नेपालसँग सहकार्यको प्रयासस्वरूप भेटवार्ता अघि बढाइसकेका छन् ।

गत कार्तिक ४ गते बालुवाटारमा नेता नेपालसँग छलफल गरेका प्रधानमन्त्री ओलीले फेरी मङ्गलबार साढे २ घण्टा एक्लाएक्लै छलफल गरेका छन् ।

भेटवार्ताका क्रममा प्रधानमन्त्री ओलीले सहकार्यको प्रस्ताव गरेपनि ठोस प्रगति केही हुन नसकेको माधव नेपाल निकट नेताले जानकारी दिएका छन् । ‘एउटासँग सम्बँध बिग्रिने बित्तिकै अर्कोसँग नजिक हुने प्रधानमन्त्रीको स्वभाव हो ।’ नेपाल निकट नेताले भने, ‘माधव कमरेड पार्टी विधि र पद्धतिमा चल्नुपर्ने कुरामा सधै अडिक हुनुहुन्छ जुन प्रधानमन्त्रीले लागू गर्नुहुन्न । त्यसैले नयाँ सहकार्यको लागि प्रगति भएजस्तो लाग्दैन ।’

कर्णाली विवादले दुई अध्यक्षबीचको विवाद चुलिएपछि कार्तिक ३ गतेयता भेटघाट भएको छैन । प्रधानमन्त्री ओलीले भेटका लागि बालुवाटार बोलाए पनि प्रचण्ड नगएको स्रोतले जनाएको छ । प्रचण्डसँग सहमतिको प्रयासका लागि ओलीले अर्थमन्त्री समेत रहेका महासचिव विष्णु पौडेल खुमलटार पठाएका थिए । संसदीय दलका उपनेता एवम् स्थायी कमिटी सदस्य सुवास नेम्वाङले पनि बुधबार मात्रै प्रचण्डलाई भेटेका थिए । तर प्रचण्डको पछिल्लो मनस्थिति बुझ्दा उनी सहजै सहमतिमा नआउने देखिएको छ ।

प्रचण्डलाई फकाउने र माधव नेपाललाई लोभ्याउने कसरतमा रहेका प्रधानमन्त्रीको प्रयासले प्राप्त नतिजापछि मात्रै नेकपाको आगामि भविष्य एकिन गर्न सहज हुनेछ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको